तनहुँ। तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन क्षेत्र निर्धारण गर्न रायसुझाव माग गरिएको छ। तनहुँ हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको आयोजनाको क्षेत्रधिकार निर्धारण गर्न सरोकारवालासँग रायसुझाव माग गरिएको हो ।
स्थानीय सरोकारवालासँग आयोजना निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा रायसुझाव मागिएको छ । प्रस्तावित आयोजनाबाट प्रभावित हुने गाउँपालिका, नगरपालिका, तथा त्यहाँका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी एवं सरोकारवाला व्यक्तिसँग एक साताभित्र प्राप्त हुने गरी रायसुझाव पठाउन भनिएको छ ।
आयोजनाबाट बन्दिपुर गाउँपालिका वडा नम्बर ६, देवघाट गाँउपालिकाको वडा नम्बर ३ अवस्थित सारङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।
आयोजनाबाट बन्दीपुरको ६, व्यासको १४, देवघाटको ३, ४, २, रिसिङको १, २, आबुखैरेनीको ५, ६ र भरतपुरको २९ नम्बर वडा प्रवाभ गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रभावित स्थानीयले आगामी ७ दिनभित्र कम्पनीको कार्यालय र परामर्श दाताको कार्यालय जोइन्ट भेन्चर अफ डब्लुएपीसीओएस लिमिटे, निप्पोन कोई लिमिटेडको कार्यालयमा प्राप्त हुने गरी पठाउनु पर्नेछ ।