काठमाडौं। सहरी विकास मन्त्री रामकुमारी झाक्रीले निर्माण सामाग्रीको मुल्य वृद्धि सरकारको हातमा नरहेको बताएकी छन। नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा र १२ औं अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री झाक्रीले निर्माण सामाग्री र इन्धनको मुल्य वृद्धि हुनुमा सरकारको हात नरहेकोले यसमा आफुहरुले केही गर्न नसक्ने बताएकी हुन।
उनले "सरकारको नियन्त्रण भन्दा बाहिरको माग नराख्न निर्माण व्यवसायीलाई अनुरोध समेत गरेकी छन। उनले भनिन, निर्माण सामाग्री र इन्धनको मूल्य वृद्धि हाम्रो नियन्त्रण भन्दा बाहिर छ। महङ्गी हाम्रो हातको कुरा हैन। विभिन्न कारणले डलरको मुल्यमा भएको वृद्धिले गर्दा मुल्य वृद्धि भएको भन्ने कुरा निर्माण व्यवसायीले पनि बुझ्नु पर्छ।"
मन्त्री झाक्री ले "खरिद नियमावली एनको ११ औं सशोधनले निर्माण व्यवसायिले माग गरे भन्दा बढी कुरा समेटेको दाबी गरेकी छन। उनले देशमा सिमित स्रोत साधनका बाबजुत सरकारले काम गरेको हुनाले यसलाइ निर्माण व्यवसायिले वुझेर काम गर्नुपर्ने धारण व्यक्त गरिन। मन्त्री झाक्रीले नियमावलीको ११ औं सशोधनले निर्माण व्यवसायी उत्साहित भए झै अरु धेरै स्वागत योग्य व्यवसायी मैत्री निर्णय गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन।"
त्यसैगरी कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाडले निर्माण व्यवसायिप्रति सरकारले दृढ विस्वास गर्ने गरेको वताएका छन। उनले ३ अर्व सम्मको काम नेपाली निर्माण व्यवसायी ले नै गर्न सक्छन भन्ने विस्वासकै कारण यो निर्णय गरेको समेत बताए। निर्माण व्यवसायिले ३ अर्ब सम्मको काम सदुपयोग गरेर गरेमा यो रकम थप हुने प्रतिबद्धता समेत गरेका छन। मन्त्री खाडले सरकारले निर्माण व्यवसायिलाइ दुख दिने नभए सधै उनिहरुकै हित त सहजताका लागि काम गर्दै आएको समेत बताएका छन।
महासंघको साधारणसभा तथा अधिवेशन आजदेखी सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान उद्घाटन गरि महसङ्गको साधारणसभा तथा अधिवेशनको औपचारिक कार्यक्रम सुरु गरेका हुन। उद्घाटन कार्यक्रममा प्रमुख अतिथी प्रधानमन्त्री देउता, गृहमन्त्री बालकृष्ण खाड, सहरी विकास मन्त्री झाक्री, भौतिक पुर्वाधार मन्त्री रेणु कुमारी यादव लगायर पुर्व मन्त्री हरु, साम्सद लगायत देशभरका हजारौ निर्माण व्यवसायी को उपस्थिति रहेको थियो।