काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष पदका लागि हालसम्म ४ जनाले उमेदवारी घोषणा गरेका छन्। महासंघको शुक्रबारदेखि शुरु भएको २३ औं साधारणसभा एवं १२ औं अधिवेशनका क्रममा आइतबार हुन गइरहेको निर्वाचनका लागि अध्यक्ष पदमा हालसम्म ४ जनाले मउदेवारी दिने घोषणा गरेका छन्।
महासंघका वर्तमान अध्यक्ष रवि सिंहले पुन: एक कार्याकाल आफूलाई महासंघको अध्यक्षमा दोहोर्याउने निर्णय गर्दै उमेदवारी दिने भएका छन्। उनले आफ्नो कार्यकालमा प्रतिवद्धता गरेका केही काम पूरा गर्न बाँकी रहेकाले पुन: अध्यक्ष हुन चाहेको बताउँदै आएका छन्।
महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले पनि अध्यक्ष पदका लागि उमेदवारी दिने घोषणा गरेका छन्। उनले हरेक क्षेत्रमा नयाँ पुस्ता आउनुपर्ने भन्दै महासंघमा पनि आफ्नो आवश्यकता भएको बताउँदै आएका छन्।
त्यसैगरी महासंघका पूर्वमहासचिव रामशरण देउजाले पनि अध्यक्ष पदका लागि उमेदवारी दिने घोषणा गरेका छन्।
देउजाले विकराल बन्दै गएको समस्याको बीच निर्माण व्यवसायी रुमलिएको भन्दै उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याउनको लागि आफूले उम्मेदवारी दिन लागेको बताएका छन् ।
उनले आफूले अप्रत्यक्ष रुपले २०४३ र प्रत्यक्ष रुपले २०४७ सालदेखि निर्माण व्यवसायीको रुपमा निरन्तर संलग्न रहेको भन्दै आफू महासचिव हुँदा साना व्यवसायीको हितको लागि काम गर्ने सिलशिलामा २ करोड सम्मको निर्माण कार्यहरुमा कुनै पनि योग्यता नचाहिने नियम संसोधन गर्न सफल भएको दाबी समेत गर्दै आएका छन्।
त्यसैगरी विकोइ विल्डोर्स प्रालिका संञ्चालक हुम नाथ कोइरालाले पनि अध्यक्ष पदका लागि उमेदवारी दिने घोषणा गरेका छन्। उनी यस अघिको महाधिवेशनमा महासचिवमा पराजित भएका थिए।
उनीहरुले खुलेरै आफ्नो प्रचार प्रसार गरिरहेका छन्। महासंघको आइतबार बिहान ८ बजेदेखि मतदान हुँदैछ। आज उमेदवारको मनोनयन पत्र दर्ता गर्ने काम भइरहेको छ। आज दिउँसो ४ बजेदेखि साढे ५ बजेभित्र उमेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै छ।