काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको आइतबार हुने निर्वाचनका लागि उमेदवारको नामावली प्रकाशन भएको छ। महासंघको नयाँ नेतृत्वका लागि आइतबार बिहान ८ बजे हुने निर्वाचनका लागि आज बिहान उमेदवारी दर्ता गरिएको थियो भने अहिले प्रथम नामावली प्रकाशन गरिएको हो।
अध्यक्षका लागि वर्तमान अध्यक्ष मादेव खिम्ती निर्माण सेवाका सञ्चालक रवि सिंह, कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा महासंघका वरिष्ट उपाध्यक्ष निकोलस पाण्डे, विकोइ विल्डर्सका हुमनाथ कोइरालाले उमेदवारी दिएका छन्।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा आशिष कन्स्टनका सञ्चालक टेक बहादुर सेठ्ठी, शेर्पा (टि) निर्माण प्रा.लि का लक्ष्मण कुमार राना, रौताहा कन्स्ट्रक्सन प्रा.लिका धिरेन्द्र कुमार दाहाल, पिएस कन्स्टक्सन प्रालिका इन्जिनियर आ दोर्जे लामा(एडि) ले उमेदवारी दिएका छन्।
उपाध्यक्ष एसोसिएटमा बन्धन भगवती निर्माण सेवाका रामजी पन्त(मुकेश), वि एन्ड केडिएस कन्स्ट्रक्सन प्रालिका भाइराजा श्रेष्ठ, समानान्तर निर्माण सेवा प्रालिका अच्युत प्रसाद खरेलले उमेदवारी दिएका छन्।
प्रदेश १ बाट उपाध्यक्षमा माङ्सुवा निर्माण सेवाका मोहन प्रसाद अधिकारी, गजुरमुखी निर्माण कम्पनीका दिपक गौतम, प्रदेश मधेशबाट उपाध्यक्षमा रामजानकी निर्माण सेवाबाट शम्भु ठाकुर, हिरालाल कन्स्ट्रक्सनबाट हिरालाल प्रसाद कुर्मी, दादा निर्माण सेवाबाट राजकिशोर राय, बागमती प्रदेशबाट उपाध्यक्षमा लामा कन्स्टक्सन एन्ड सप्लायर्स प्रालिबाट पञ्चराम तामाङ(पदम), हिमसागर कन्स्टक्सनबाट सूर्य प्रसाद तिमिल्सिना, च्याङ्मिला कन्स्ट्रक्सन कम्पनीबाट बालकृष्ण थापा, गण्डकी प्रदेशबाट
उपाध्यक्षमा गिता कन्स्ट्रक्सनबाट खिमप्रकाश मल्ल(राजेश), वि एन कन्स्ट्रक्सनबाट नारायण घर्ती क्षेत्री(जिसी), अन्नपूर्ण कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कम्पनीबाट चिरञ्जिबी पोखरेल, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा अनुपम निर्माण सेवाबाट टोप बहादुर रायमाझी, रवि एन्ड बबि निर्माण सेवाबाट मेघ जंग शाह, कर्णाली प्रदेशबाट उपाध्यक्षमा खड्का कृष्ण कन्स्टक्सन प्रालिका रत्नबहादुर खड्का निर्विरोध निर्वाचित त्यसैगरी सूदुरपश्चिम प्रदेश उपाध्यक्षमा रोयल कन्स्ट्रक्सनका प्रकाश बहादुर सेठ्ठी निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी महासचिव पदमा आर्डि एन्ड निर्माण सेवा प्रालिका रोसन दाहाल, देव एन्ड सायर कन्स्ट्रक्सनका बासुदेव सुवेदी, धुलीखेल निर्माण सेवाका टक प्रसाद चौँलागाइँ, आर कोमल कन्स्टक्सनका रामशरण देउजा र दि आनन्द प्रालिका आनन्द प्रसाद अधिकारीले उमेदवारी दिएका छन्।
त्यसैगरी उपमहासचिव नितिगत कार्यभारमा सुरेन्द्र राज केसी, शिवहरि घिमिरे र मंगल बहादुर शाहीले उमेदवारी दिएका छन्। उपमहासचिव आन्तरिक कार्यभारतर्फ बालाजु श्रेष्ठ र नरहरि थपलियाले उमेदवारी दिएका छन्। महासंघको कोषध्यक्ष पदका लागि हिरणकुमार श्रेष्ठ र अमर बहादुर विष्टले उमेदवारी दिएका छन् भने सहकोषध्यक्षमा लक्ष्मी बस्नेत(कार्की), मोहन कुमारी कालिकोटे, जय कुमार ढकाल, बबिता कटुवाल, सन्तोष साह, माधव घिमिरे र सरस्वती कार्कीले उमेदवारी दिएका छन्।