काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिकास्थित पशुपति विकास क्षेत्र कोषको जग्गामा प्लाष्टिक भरिएको बोतलबाट बगैचा र स्तम्भ निर्माण गर्न थालिएको छ ।
प्रयोग भइसकेको प्लाष्टिक जथाभावी फाल्दा त्यसले वातावरणमा नकारात्मक प्रभाव पार्ने तथा जलाउदा वायु प्रदूषण हुने सुाथै जमिनमा फाल्दा माटोको उर्वराशक्ति ह्रास हुने भएको कारणले गर्दा त्यसको व्यवस्थापनका लागि पनि वैकल्पिक प्रयोगको विधि अपनाइएको हो।
यसै क्रममा वाग्मती सफाइ अभियानकर्मीले व्यक्तिगत तवरबाट बोतलमा भरिएको प्लाष्टिक खरिद गरेर बगैचा र स्तम्भ निर्माण थालेका हुन् ।
पशुपति विकास क्षेत्र कोषले उपलब्ध गराएको संरक्षित गाई बाच्छा संरक्षण स्थलमा बगैचा र स्तम्भ निर्माण पनि थालिएको छ । उक्त बगैचा तथा स्तम्भ निर्माणका लागि गोकर्णेश्वर नगरपालिका–५ नारायणटार मार्गस्थित मडगालमा रहेको तराना महिला विकास समितिका पदाधिकारी तथा सदस्यले टोललाई शून्य फोहरमा झार्नको लागि प्लाष्टिकका झोला बोतलमा कोचेर बेची आयआर्जन गर्न थालेका छन् । उक्त कार्यबाट प्राप्त रकमलाई उनिहरुले समाजसेवामा खर्च गर्ने भएका छन्। उक्त कार्यले आय आम्दानीको स्रोत वृद्धि गर्नुका साथै वातावरणलाई पनि सफा राख्न मद्यत पुर्याउँछ।
तीन महिनाअघि समितिले आयोजना गरेको फोहरमैला व्यवस्थापन तालिममा वाग्मती सफाइ अभियानकर्मीले प्रमुख प्रशिक्षकका रूपमा प्रशिक्षण दिदैँ प्लाष्टिकका झोला बोतलमा राखेर बगौचा सजावट, स्तम्भ निर्माणलगायत काममा उपयोग गर्न सकिने तथा घरको फोहोर बाहिर फाल्नु वातावरण प्रदुषलाई निम्त्याउनु भएको कारणले गर्दा महिला समितिलाई आफै व्यवस्थापन गर्न प्रेरित गरिएको थियो।
वाग्मती सफाइ अभियानकर्मीले ०७०फागुन ३ देखि गुह्येश्वरीमाथि वाग्मती सफाइ अभियानको नेतृत्व गर्दै वाग्मती सुन्दरता सरोकार मञ्च गठन गरेर समुदायलाई सचेत गराउदै आएका छन् । घरबाट निस्कने प्लाष्टिकजन्य फोहोरहरु वाग्मतीमा गई दुष्ति हुने भएको कारणले गर्दा उक्त फोहोरलाई घरमा नै व्यवस्थापन गर्नको लागि यस्तो अभियान चलाइएको अभियानकर्मीले जनाएका छन्।
उक्त महिला समितिका सदस्यले तीन महिनाको समयमा ३० घरबाट निस्केको प्लाष्टिक ६० वटा बोतलमा खाादेर एउटैको करिब साढे आठ रूपैयामा बिक्री गरेका थिए । कुहिने फोहरलाई भने घरमै खाल्टोमा राखेर कम्पोष्ट मल बनाउन थालेका र उक्त मल कौसी खेतिमा उपयोग हुने कुरा जानका्री दिइएका छन्। सफाइ अभियानलाई प्रभावकारी बनाउन मञ्चले बोतलमा कोचेर जम्मा गरिने सबै प्लाष्टिक किनिदिने र तिनलाई संकलन गरेर विभिन्न रचनात्मक काममा उपयोग गरिने वताएको छ ।
मञ्चको नेतृत्वमा उक्त क्षेत्रको सफाइ अभियानको ४०७ औ हप्ताको कार्यक्रम शनिबार गोठाटार पुलमा मञ्चको नेतृत्वमा सम्पन्न गरिएको छ। सफाइको क्रममा नदी किनारमा भेटिएका प्लाष्टिकलाई बोतलमा राखेर सफाइ गरिएको थियो। उक्त क्षेत्रको सफाई गर्दा कुहिने फोहरलाई भने नदी किनारमै खाडल खनेर पुर्ने गरिएको छ। त्स्तै नकुहिने प्लाष्टिकलाई बोतलमा राख्न थालेपछि नदी किनार सफा देखिदै आएको छ। त्यस्तै, शनिबार वाग्मती सफाइ महाअभियानको ४३८औ हप्तामा तिलगंगामुनिको निलो पुल क्षेत्रमा सफाइ गरिएको हो।
सफाइका क्रममा विगतका हप्तामाभन्दा नदी किनारबाट अलि बढी फोहोर उठेकोे समितिका सञ्चालक सदस्यले जानकारी दिएका छन्। विगतका हप्ताभन्दा बढी फोहोर उठेको देखिए पनि उठाउन बाँकी फोहोरलाई छिटो व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकालाई अनुरोध गरिएको छ।