काठमाण्डौं। भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावामा १५ शय्याको सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ। दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले राज्यमन्त्री उमेश श्रेष्ठले अस्पतालको शिलान्यास गरेका हुन।
स्वास्थ्य र शिक्षाको विकासले मात्र समाजको परिर्वतन हुने बताउँदै अस्पताल निर्माणमा आवश्यक पर्ने रकमको व्यवस्था गर्न पहल गर्ने राज्यमन्त्री श्रेष्ठको भनाइ छ। राज्यमन्त्री श्रेष्ठले भन , “दुर्गम क्षेत्रमा सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ अस्पताल शिलान्यास भएको छ।
सामान्य बिरामी हुँदासमेत उपचारका लागि जिल्ला बाहिर जानुपर्ने भोजपुरका स्थानीयवासीको बाध्यता छ। आर्थिकरूपमा सक्षम हुनेहरु हेलिकोप्टर चार्टर्ड गरेर बाहिरका अस्पतालमा जाने गरेपनि सर्वसाधरण नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या छ।
दावाली मिलन क्लबको पहलमा नेत्र प्रेमकुमारी सामुदायिक अस्पतालको शिलान्यास भएपछि स्थानीय नागरिक सहजरूपमा स्वास्थ्य सेवा पाउनेमा आशावादी बनेका छन्। अस्पताल निर्माणका लागि आवश्यक पर्ने ३० रोपनी जग्गा स्थानीय नेत्रप्रसाद पाण्डेले निःशुल्क प्रदान गरेका छन्।
जिल्लामै विशेषज्ञ चिकित्सबाट मुटुरोग, हार्डजोर्नी, दम, स्त्रीरोग, यौन तथा छाला रोग, नाक, कान,घाँटी, आँखा, दाँत लगायतका रोगको निःशुल्क उपचार पाउँदा बिरामीलाई राहत मिलेको स्थानीयवासीले बताएका छन्।