काठमाण्डौं। सुर्खेत मदन भण्डारी राजमार्ग विस्तार प्रभावित बनेको छ। रुख कटामा भएको ढिलाइले गर्दा राजमार्ग विस्तार प्रभावित बनेको हो।
रुख कटानसम्बन्धी प्रक्रियागत ढिलाइले अहिले वन क्षेत्र नभएका स्थानमा मात्र सडक स्तरोन्नतिको काम भइरहेको छ। राजमार्गको पूर्वी खण्डमा ३५.०५ किलोमिटर र पश्चिम सुर्खेतमा ९४ किलोमिटर क्षेत्र पर्छ। सडक क्षेत्रमा साना ठूल गरी लगभग पाँच हजार रुख कटान गर्नुपर्ने आयोजनाले जनाएको छ।
कटान गर्नुपर्ने रुखको पहिचान, सामुदायिक वन उपभोक्ता समिति, सबडिभिजन र डिभिजन वन कार्यालयले आवश्यक प्रक्रिया सुरु गरिसकेका छन्। रुख कटानसम्बन्धी वन कार्यालयबाट तयार भएको फाइल वन विभाग, मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि मात्र कटानको बाटो खुल्ने बताइएको छ। विद्युत्का पोल, ट्रान्सफर्मरलगायत संरचनालाई सार्ने कार्यकालागि नेपाल विद्युत् प्राधिकरणले अनुमति दिइसकेको छ।
पूर्वी सुर्खेतको धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ। उक्त सडकले वीरेन्द्रनगर, लेकबेँसी र गुर्भाकोट नगरपालिकाका भू–भागलाई समेटछ। राष्ट्रिय राजमार्गको मापदण्डअनुसार यो सडकलाई नौ मिटर फराकिलो बनाइँदैछ। सडक स्तरोन्नतिका लागि एक अर्ब ९४ करोड ८४ लाख लागत अनुुमान गरिएको छ। ठेक्का सम्झौता भने एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको बताइएको छ। विसं २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ।
वन क्षेत्र नपर्ने स्थानमा सडकलाई फराकिलो बनाउन साइड कटिङलगायतका काम भइरहेका छन्। “नाला निर्माण, भित्ताको माटो काट्ने, साइडलेन, पर्खाल निर्माण तथा ग्राभेल जस्ता काम भइरहेका छन्।