काठमाडौं। चैत महिनाको १० दिनमा नेपालका ४ सय ८० कम्पनीहरु कालोसूचीमा परेका छन्। चालू आर्थिक वर्षको चैत्र महिनाको १० दिनमा ४ सय ८० कम्पनीहरु कालो सूचीमा परेका हुन्।
कालोसुचीमा पर्ने कम्पनीहरुमा केही निर्माण कम्पनीहरु पनि छन्। कर्जा सुचना केन्द्रको तथ्यांक अनुसार निर्माण कम्पनीका साथै हाजिङ कम्पनीदेखि ट्राभल एण्ड होटलसम्मका कम्पनी कालोसूचीमा परेका छन्।
यहि चैत महिनाको १० दिन भित्रमा कालोसूचीमा पर्ने निर्माण कम्पनीमा शंखरमाली निर्माण सेवा प्रालि र बाम्ती भण्डार निर्माण सेवा पनि रहेका छन्। त्यसैगरी कालोसूचीमा पर्ने कम्पनीहरुमा फुटमार्क शुज उद्योग, न्यु मोर्डन काष्ठ फर्निचर उद्योग, डिडि कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिरहेका छन् ।
चुन्यदेवी बालुवा प्रसिद्ध उद्योग, ग्लोबल निर्माण सेवा प्रालि, नेपाल आर्या विजोश टेड्रिङ हाउस, मनास्लु बेभरेज प्रालि, कालिमाटी हाजिङ कम्पनी प्राइभेट लिमिटेड, न्यु शिव फिक्स इँटा उद्योग कालोसुचीमा परेको केन्द्रको तथ्यांकमा उल्लेख छ।
त्यसैगरी कालोसुचीमा परेका कम्पनीहरुमा मल्ल ब्रदर्स सन्स प्रालि, भिल्लाजियो होटल प्रालि, एलपीजि एक्सप्रेस इन्टरनेशनल प्रालि, बालाजु पोलिट्री इक्युपमेन्ट सप्लायर्स, श्री सिद्धकाली मल्टी ट्रेडर्स प्रालि, फुलासी सव रेमिट सेवा, गोल्डेन पब्लिकेशन नेटवर्क प्रालि, एबीपी क्राइम मिडिया हाउस रहेका छन् ।
तथ्यांक अनुसार सोही अवधिमा कालोसूचीमा पर्ने कम्पनीहरुमा आइकन एक्सपोर्ट इम्पोर्ट एण्ड सप्लायर्स प्रालि, केयस एण्ड क्युयर मल्टी स्पेसालिटी हस्पिटल प्रालि, सिद्धिविनायक फिड इन्डष्ट्रिज प्रालि, एसडिजी ग्लोबल इम्पोर्ट प्रालि र मैना पोखरी कन्ट्रक्शन आदि छन् ।