काठमाडौं। सल्यानको लुहाम–काभ्रा–कालिमाटी हुँदै प्रदेश राजधानी जोड्ने सडकको ट्रयाक खलीएको छ। उक्त सडकको ट्रयाक करिब २८ वर्षपछि खोलिएको हो।
२०५० सालमा शिलान्यास भएको २६ किलोमिटर सडकको ट्रयाक खुल्न २८ वर्ष लागेको हो।शिलान्यास भएको २९ वर्षपछि सरकारले पूर्वाधार विकास कार्यालय सल्यानलाई सडक निर्माणको जिम्मा दिएपछि लुहामदेखि कालिमाटीसम्म २६ किलोमिटर ट्रयाक खुलेर गाडी चलेका हुन्। पश्चिम दक्षिणकै मेरुदण्डको रुपमा रहेको उक्त सडक सञ्चालनमा आएसँगै आवागमनमा सहज हुने कालिमाटी गाउँपालिकाले जनाएको छ। सडक सञ्चालनमा आएसँगै कपुरकोट, छेश्वरी, त्रिवेणी र कालिमाटी गाउँपालिकाका स्थानीयलाई कर्णाली प्रदेशको राजधानी पुग्न निकै सहज भएको स्थानीयले बताए।
सडक सञ्चालन गर्दा जग्गाको विषय, ठेकेदारको लापरवाही, जनयुद्धको प्रभाव लगायतका कारण वषौंदेखि रोकिदै आएको सडकले २८ वर्षपछि पूर्णता पाएको अर्का स्थानीय वेद प्रसाद केसीले बताए। लुहाम, काभ्रा कालिमाटी जोड्न सडकको १६ किलोमिटरमा ट्रयाक खुलेको धेरै भएपनि बाँकी ट्रयाक खोल्न वर्षौ लागेपनि अहिले पूर्णता पाएको छ।
साविकको जिल्ला विकास समिति हुँदा देखिनै ट्रयाक खोल्न बजेट विनियोजन हुने गरेको भएपनि थोरै बजेटका कारण सडक सूचारु हुन सकिरहेको थिएन। ४ किलो मिटर नयाँ ट्रयाक ओपन र लुहाम देखि काभ्रासम्म सडक चौडा गर्ने र ग्राभेल गर्ने गरी ६ करोडको लागतमा ट्रयाक ओपन सहित स्तरोन्नतीको काम सुरु भएको पूर्वाधार विकास कार्यालय सल्यानले बताएको छ।
ट्रयाकको उद्घाटन गर्दै कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भौतिक, सामाजिक, सांस्कृतिक विकासमा कोही कसैले राजनीति गर्न नहुने बताए। मुलुकको सामाजिक, आर्थिक विकासमा राजनीति गर्न नहुने बताए।