काभ्रे। निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्ष पदमा बिजय लामा निर्वाचित भएका छन्। निर्माण व्यवसायी संघ काभ्रेको १२ औं साधारण सभा एवं सातौँ अधिवेशनबाट अध्यक्षमा लामा निर्वाचित भएका हुन्।
संघको १२ औं साधारण सभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा बिजय लामा, बरिस्ट उपाध्यक्षमा अनिश बल, प्रथम उपाध्यक्षमा लनम दोङ्, द्धितिय उपाध्यक्षमा अकुर गौतम, महासचिवमा अमित लामा, सचिवमा प्रदिप गौतम, काषाध्यक्षमा बिष्णुहरी जाशी, सह–कोषाध्यक्षमा प्रताप लामा निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरुमाः राजेन्द्र भुर्तेल, रबिन गौतम, अमृत गौतम, कान्छी गुरुङ, रोशन तिमल्सिना, सन्तोष दोङ, प्रेम बहादुर वाईबा, डि.एस लामा, हिरा कुमार वल, पल्देन लामा, झलक लामा, सुवास लामा, सञ्जय लामा, देबराज लामा, कृष्ण लामा निर्वाचित भएका छन्। संघको उद्घाटन समारोह गल १५ गते रहेको थियो भने, निर्वाचन हिजो १६ गते रहेको थियो।