झापा। शिवसताक्षीमा अत्याधुनिक प्रकृतिको फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण हुने भएको छ। बजार र घरका भान्साबाट दैनिक निस्किने फोहोर व्यवस्थापनका लागि नगरले केन्द्रको निर्माण गर्न लागेको हो।
शिवसताक्षी नगरपालिका वडा नम्बर ७ को झारबारीमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र रहने नगरका निमित्त प्रमुख प्रसाशकीय अधिकृत प्रकाश चौधरीले बताए।
बिहीबार सो केन्द्रको नगर प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल लगायतका जनप्रतिनिधिले शिलान्यास गरे।
नगरका बजार, सडक, विद्यालय, कलकारखाना लगायतबाट निस्किने फोहोरलाई व्यवस्थापन केन्दमा लगेर प्रशोधनपछि जैविक मल पनि उत्पादन हुने निमित्त प्रमुख प्रसाशकीय अधिकृत चौधरीले बताए।
उनका अनुसार एउटै केन्द्रमा दुई वटा महत्वपूर्ण फोहोर व्यवस्थापन र प्रशोधन हुने छ।
फोहोर व्यवस्थापनका लागि उक्त जग्गा नगरले गत आव २०७५र७६ मा ९९ लाखमा खरिद गरेको थियो। उक्त जग्गामा सुरक्षित फोहोर व्यवस्थापन र प्रशोधनको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) र डिपिआर समेत तयार भएको नगरपालिकाले जनाएको छ।
नगरले तयार गरको डिपिआर अनुसार त्यस क्षेत्रमा सडक निर्माण, वेटल्याण्ड क्षेत्र निर्माण, साइड ड्रेन, फोहर छुटयाउने चेम्वर टहरा, पार्किङ सेड, कार्यालय भवन, गेट, कम्पाउण्ड वाल निर्माण, जेनरेटर, तटबन्धन, कुहिने फोहरको प्रशोधन मेशिन, नकुहिने प्लास्टिकजन्य वस्तुको प्रशोधन मेशिन, फूलबारी, बगैंचा आदि निर्माण हुने छ। यी संरचना निर्माणका लागि १२ करोड खर्च हुने भएको छ।
चालु आव २०७८र०७९ मा संघीय सरकारको विशेष अनुदानका रुपमा २ करोड ४९ लाख प्राप्त भएको थियो। नगर कार्यपालिकाको बैठकको निर्णयले सो अनुदान रकमबाट १ करोड ४९ लाखबाट उक्त क्षेत्रमा उतरपश्चिम र दक्षिणतर्फ कम्पाउण्ड वाल निर्माण, फोहेर छुट्याउने चेम्बर टहरा र पार्किङ सेड निर्माण हुने भएको छ।
त्यसका लागि ठेक्का लागेको नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताए। उक्त ठेक्का शिवसताक्षीकै शिवभक्त निर्माण सेवाले १ करोड ५ लाख ४० हजार २६५ रुपैयाँमा पाएको छ।
नकुहिने प्लास्टिकजन्य प्रशोधन मेशिन खरिदका लागि १ करोड ३७ लाखको टेन्डर सूचना समेत प्रकाशित गरेको पालिकाले जनाएको छ।
नगरमा फोहोर व्यवस्थापनसँगै प्रशोधन केन्द्र स्थापना भएपछि जैविक मल समेत उत्पादन हुने बताइएको छ। सड्ने फोहोरलाई प्रशोधन गरेर पुनस् प्रयोग गर्न सकिने गरी जैविक मल उत्दान गर्ने नगरले लक्ष्य लिएको छ।