काठमाडौं। हिमाल सफाइको तेस्रो संस्करण ‘सफा हिमाल अभियान–२०२२’ को शुभारम्भ भएको छ। मंगलबार प्रधान सेनापति प्रभुराम शर्माले हिमाल सफाईका नेतृत्वकर्तालाई माउन्टेन क्लिन क्याम्पीयन–२०२२ को व्यानर हस्तान्तरण गरेर सफा हिमाल अभियान २०२२को औपचारी शुभारम्भ गरेका हुन्।
हिमाल सफाइ अभियान आगामी जेठ २२ गतेसम्म सेनाले यस वर्ष ४ हिमाल सफाइ गर्ने नेपाली सेनाले जनाएको छ। ३५ टन फोहोर संकलन गर्न लक्ष्य लिएको नेपाली सेनाले यस वर्ष सगरमाथा,लोत्से,कञ्चनजंगा र मनास्लु हिमालको सफाइ गर्ने छ।
हिमाल सफा गर्नको लागि पर्यटन विभागबाट २९ सेनाले अनुमति समेत लिएका छन्।सफाए अभियानमा करिब ८७ जनाको सहभागिता हुने जनाइएको छ।अभियानबाट संकलन हुने सड्ने फोहोरलाई स्थानीय तहलाई हस्तान्तरण गर्ने र नसड्ने फोहोरलाई पुनः प्रयोग गर्ने कम्पनीहरूलाई हस्तान्तरण गरिने सेनापति शर्माले बताए।
प्रकृति र वातारणको संरक्षणमा नेपाली सेना लामो समयदेखि लागि रहेको र यो तेस्रो हिमाल सफाइ अभियानले पर्यावरणको संरक्षरणमा सहयोग पुग्ने प्रधानसेनापति शर्माको भनाइ छ। पछिल्लो समय हिमालमा प्रयोग हुने विलासिताका वस्तुनै हिमालमा फोहोर बढेको सेनापति शर्माले गुनासो गरे। नेपालमा हिमाल सफा गर्ने अभियान सन् २०१९ देखि नेपाली सेनाको हगुवाईमा हुँदै आएको छ।
हिमाल सफाइका लागि करिब १२ करोड ९६ लाख लागत लाग्ने हनुमान सेनाले गरेको भए पनि हालसम्म ८ करोड ३० लाख रुपैयाँ विनियोजन भएको जनाएको छ। नेपाल सरकारबाट यसबाहेक अभियानमा प्रयोग हुने हवाई साधन, मेडिकल र सञ्चार खर्चमा एक करोड ३० लाख रकम विनियोजन भएको जनाएको छ।
नेपाली सेनाको अगुवाईमा हरेक वर्ष हिमाल सफाइ अभियानले हिमालको सौन्दर्यता कायम राख्न मदत पुगेको बताइएको छ।