उपत्यकाको इतिहासमा सबैभन्दा पहिले बागपमती नदिको महत्व आउँछ । यसको शुरुवात इच्छुमति कालमोचन घाटबाट हुन्छ। मञ्जपाटन शहर मञ्जुश्रीले स्थापना गरेपछि बागमति र विष्णुमति टेकु दोभान हुन आयो । उक्त दोभान नेपालको प्रमुख तिर्थस्थल र ऋषी मुनिको बासस्थानका रुपमा लिने गरिएको छ । पशुपति भन्दा पबित्र मानिने यस दोभानमा पवित्र मन्दिर लगाएत धेरै वटा घाटहरु पनि रहेका छन् ।
उपत्यकाको ३००० वर्ष देखि निर्मल पानि बग्दै बाग्मतिमा ५० वर्षमा दुर्गन्धित भएको छ । यहाँ सरकार र स्थानिय दुबैले चासो नदेखाएको कारण पानि प्रदुषित भई नदी किनारमा रहेका बस्ती पनि दुर्गन्धित हुन थालेका छन् ।
चन्द्रशमशेरको पालामा उपत्यकाको विभिन्न ठाउँमा पुलहरु बनेता पनि टेकुको कालो पुल भने बनेको थिएन, पछि जुद्धशम्शेरले बनाउन लगाएका थिए । पाटनमा रहेका कृषकहरुले उत्पादित तरकारिहरु काठमाण्डौँ ल्याउन र पवित्र तिर्थस्थलको दर्शन गर्नको लागी यो पुल निर्माण गरिएको हो । कालो रङ लगाएको हुनाले यो पुललाई कालो पुल भनिएको हो ।
चन्द्रशम्शेरले बि.सं. १९६३ मा ज्ञानेश्वरबाट सिफल जाने पुललाई कालो पुल भनिएपनि यो पुलको नाम पछि राखिएको हो । स्वदेशी इञ्जिनियर कर्णेल कुमार नरसिंह राणाको रेखदेखमा एबरडीन शहरबाट लुइस एण्ड हार्पर कम्पनीबाट सामग्रीहरु ल्याएर पक्की झोलुङ्गे पुल बनाउन शुरु गरिएको भएपनि पछि जोन एम हेन्डरसन कम्पनी, एबरडीनबाट सामग्री ल्याएर पुल निर्माण गर्न थालिएको थियो ।
पक्की पुल नहुँदा हिउँदे मौसममा बनाएको काठे पुल बर्खामा भत्किने भएकोले जुद्धशम्शेरले टेकू दोभान नजिकै बागमती नदीमा थापाथलिमा जस्तै पुल बनाउने जमर्को गरेका थिए ।
टेकु दोभानमा रहेको घाटलाई राज घाट भनिन्थ्यो जसलाई राजतिर्थ पनि भनिन्थ्यो जहाँ कृयापुत्रीले यसै घाटमा बसेर १३ दिने कामहरु गर्दथे । यो राजघाटमा एक कुण्ड रहेको थियो यहाँ विरेनुनको स्वाद आउने पानि आउने र यो पानिले नुहाउँदा घाउँ , खटिरा , दाद दुबी जस्ता छालाका रोगहरु निको हुने भएकाले नुहाउन आउनेको संख्या धेरै हुने गर्दथ्यो ।