काठमाडौं। निर्माण सामाग्रीमा भएको मुल्य वृद्धिले निर्माणको काम सुस्त भएको छ। पेट्रोलियम पदार्थ लगाएत निर्माणका सामाग्रीमा भएको मुल्य वृद्धिले निर्माणको काम सुस्त भएको हो।
निर्माण सामाग्रीमा दिनानुदिन बढ्दै गएको मुल्य वृद्धिका कारण निर्माणको काम धरासयी बन्दै गएको निर्माण व्यवसायी महासंघले जनाएको छ। निर्माणमा प्रयोग हुने विटुमिन, नदिजन्य सामाग्री, सिमेन्ट, फलाम, छड, पेट्रोलियम पदार्थ लगाएतमा अनियन्त्रित मुल्य वृद्धि भएपछि निर्माणाधिन अवस्थाका पाँच हजार आयोजना ठप्प हुने अवस्थामा रहेको महासंघले बताएको छ।
पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले एलसी बन्द गरेपछि ५० देखि ६० प्रतिशत मुल्य वृद्धि भएको र त्यस सँगसँगै समान पनि नपाँइने भएको कारणले निर्माणको काम सुस्त भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए। "अप्रयासित मुल्य वृद्धिका कारण र निर्माण सामाग्रीको अभावका कारणले गर्दा निर्माणको गतिविधी अगाडी बढाउन नसकिएको उनको भनाइ छ। उनले भने, अहिले बजारमा फलामे छडहरुको अभाव छ, आवस्यक पर्ने साइजहरुमा फलामे छड प्राप्त भएको छैन। यसका साथै अत्याधिक भएको मुल्य वृद्धिको सम्बोधन नभएका कारणले गर्दा पनि निर्माण कम्पनीले आफ्नो घर खेत नै बिक्री गरेर भएपनि निर्माण सामाग्रीको जोहो गर्न सकेको छैन। यस्ता समस्यालाई सरकारले चाडो भन्दा चाडो सम्बोधन नगर्ने हो भने, निर्माण गतिविधि ठप्प हुन्छ।"
प्रतिकिलो ६० रुपैयाँमा पाइने डन्डी अहिले सतप्रतिशत बढेको छ भने, ५५ रुपैयाँ प्रतिलिटरमा पाइने विटुमिनको मुल्य ११८ रुपैयाँ प्रतिलिटर पुगेको छ। यसैगरी प्रतिलिटर ८५ रुपैयाँ पर्ने डिजेल र मटितेलको मुल्य १४३ रुपैयाँ नागिसकेको छ। महासंघले सार्वजानीक खरिद नियमावली ११ औँ सम्सोधन ठूला निर्माण कम्पनीको अनुकुल हुनेगरी सम्सोधन गरिएको आरोपसमेत लगाएको छ। साना निर्माण व्यवसायीलाई पुर्ण रुपमा विस्थापीत हुने गरी ११ औँ सम्सोधनमा पाँच करोड सम्मको निर्माण कार्य श्रम सहकार्यलाइ दिने व्यवस्था उचित नभएको महासंघको भनाइ छ। "प्रयोग गर्ने सामाग्रहरु, विकास निर्माणको कामहरु, रोजगारी सिर्जना गर्ने कामहरु र देशको अर्थतन्त्रलाइ चलायमान बनाउने कामहरु हुन्छ। जुन हिसाबले ३–४ करोडको आयोजना हुन्थ्यो त्यसको २० प्रतिशत मोबिलाइजेसन दिएको भए बैंकमा तरलताको अभाव हुदैन थियो। जसले गर्दा कामहरु पनी तदारुकताका साथ अगाडी बढाउन सकिने सिंहले बताए। उनले भने, अहिले मोबिलाइजेसन पनि दिदैन अर्को तिर बैंकले लगानी पनि गर्न सक्दैन, यसको अर्थ लगानी अभावकै कारणले निर्माणको काम सुस्त भएको हो।"
सरकारले चैतसम्म निर्माण सम्पन्न भएका आयोजनामा करिब ३५ अर्ब भुक्तानी दिन बाकी छ बैंकमा रकम अभाव हुँदा ऋण लिएर गरिने काम समेत प्रभावित भएपछि अहिले निर्माण क्षेत्रमा कुल क्षमताका २० प्रतिशतमात्रै काम भइरहेको महासंले जनाएको छ। यसरी अत्याधिका मात्रामा भएको मुल्य वृद्धिका कारणले निर्माण क्षेत्रमा ठूलो असर पारेको छ। निर्माण व्यवसायीलाइ आफ्नै पेशा निल्नु न उकेल्नु भएको छ।