काठमाडौं। नेकपा एमालेले छोटो समयमा आफूहरुले थुप्रै उदाहरणीय कार्य गरेको दाबी गरेको छ। एमालेले शुक्रबार स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र जारी गर्दै पूर्वाधारका क्षेत्रमा छोटो समयमा एमालेले गरेको विकास इतिहासमै पहिलो उदाहरण भएको दाबी गरेको छ।
घोषणापत्रमा एमालेले आफ्नो कार्यकालमा गरेका प्रगतिका बारेमा उल्लेख गर्दै स्थानीय स्तरमा ४ हजार ३ सय ६२ कि.मि.कालोपत्रे सडक निर्माण भई पक्की सडक सञ्जाल दोब्बर भन्दा बढी विस्तार गरेको जनाएको छ। सङ्घ र प्रदेशमार्फत भएको सडक
निर्माण समेत जोड्दा यति छोटोअवधिमा यति धेरै सडक निर्माण भएको इतिहासमै पहिलो उदाहरण भएको एमालेको दाबी छ।
एमालेले आफ्नो घोषणापत्रमा ५ वर्षको स्थानीय तहको उपलब्धि भन्दै ७२५ पालिकामा सडक पुगेको बताएको छ।
घोषणापत्रमा पूर्वाधार क्षेत्रमा भएको उपलब्धिलाई एमालेले निम्नानुसार प्रस्तुत गरेको छ:
–स्थानीय स्तरमा ४ हजार ३ सय ६२ किमि कालोपत्रे सडक निर्माण भई पक्की सडक सञ्जाल दोब्बर भन्दा बढी विस्तार। सङ्घ र प्रदेशमार्फत भएको सडक निर्माण समेत जोड्दा यति छोटोअवधिमा यति धेरैसडक निर्माण भएको इतिहासमै पहिलो उदाहरण,
–सडक पुगेको पालिका केन्द्र ७२५,
–पुष्पलाल लोकमार्ग, काठमाडौं–तराई द्रूतमार्ग र पूर्वपश्चिम राजमार्ग निर्माण र विस्तार रफ्तार गतिमा। मदन भण्डारी राष्ट्रिय राजमार्गको निर्माण तीव्र गतिमा,
–हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा,
–सडक पुल, कलभर्ट र पक्की नाली निर्माणमा उल्लेख्य प्रगति,
–प्रत्येक पालिकाको केन्द्र जोड्ने गरी पक्की सडक निर्माण अभियान,
–प्रत्येक निर्वाचन क्षेत्रमा रणनीतिक सडक निर्माण अभियान,
–सहरी प्रविधिमा तीव्र विकास,
–तराईका सदरमकामलाई राजमार्गसँग जोड्ने सडकको स्तरोन्नति,
–भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम
चरणमा । मखु्य घरेलु विमानस्थलकोस्तरोन्नति र रात्रिकालीन उडान–अवतरणको
सुविधा विस्तार । पहाडी विमानस्थलको धावन मार्ग कालोपत्र गर्नेकाम सम्पन्न ।
–तुइन विस्थापन, २ हजारभन्दा बढी झोलङु्गे पुल निर्माण,
–चीनसँग नयाँ नाकाहरू खोल्ने काम । उत्तरी सीमा जोडिएका जिल्लामा एकीकृत विकास । लार्चा र टिमरेमा वहुउद्देश्यीय एकीकृत भन्सार संरचना र सुख्खा बन्दरगाह निर्माण
–वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकी निर्माण र सञ्चालन ।अमलेखगञ्ज–मोतिहारी सीमावारपार पेट्रोलियम पाइप लाइन निर्माण,
–चोभारमा सखु्खा बन्दरगाह निर्माण,
–जयनगर–जनकपुर–कुर्ता रेलमार्ग निर्माण र सञ्चालन । पूर्व–पश्चिम रेलमार्ग निर्माण आरम्भ,
–डोल्पा र हुम्लासम्म राष्ट्रिय सडक सञ्जाल विस्तार । सबै जिल्लामा सडक पहुँच,
–दशरथ रङ्गशाला, पोखरा रङ्गशाला लगायत रङ्गशालाहरूको निर्माण,
–सङ्घीय संसद भवन, मुख्यमन्त्री कार्यालय लगायत महत्वपूर्ण सरकारी संरचना निर्माण।