काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट उमेदवारी दिएका बालेन शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। निर्वाचन कार्यालय पुगेर उमेदवारी दिएसँगै शाहले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन्।
उनको घोषणापत्रमा भौतिक पूर्वाधार अन्तर्गत सडक, ढल लगायतका क्षेत्रको मर्मतका लागि कल सेन्टर मार्फत भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने उल्लेख गरिएको छ। संस्कृतिक महत्वका सम्पदा क्षेत्रको निर्माण तथा पुनर्निर्माणका लागि उपभोक्ता समिति गठन गर्ने, सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थानको पुननिर्माणका लागि दक्ष जनशक्तिका लागि भक्तपुरसँग सहकार्य गरिने, सबै वडा र टालस्तरमा सार्वजनिक शौचालयको निर्माण गरिने, बस स्टपहरुमा फल्चा स्थापना गरिने, फायर बिग्रेड पुग्न नसक्ने साँगुरो गल्लीमा ओभर डेड ट्याङ्कि र हाइड्रन्टहरु स्थापना गरिने बालेन शाहको घोषणापत्रमा उल्लेख छ।
त्यसैगरी घोषणापत्रमा शाहले भ्रष्टाचारविरोधी ब्यूरोदेखि शिक्षा, स्वास्थ्य, पर्यटन तथा सम्पदाको क्षेत्रमा उल्लेखनीय काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
बालेनको घोषणापत्रमा काठमाडौं महानगरभित्र भ्रष्टाचारविरुद्धको विशेष फोर्स सबै निजी, सार्वजनिक र सरकारी क्षेत्रका लागि तयार पारिने जनाइएको छ ।
फोहोर व्यवस्थापन अन्तर्गत बालेनले अर्गानिक फोहोरको रुपान्तरणबाट नजिकको कृषि प्रदान नगरपालिकाहरुमा जैविक मल उपलब्ध गराउने उल्लेख गरेका छन्। सबै ढुंगेधारा हिटी पुनः जागित गराउनका लागि पुराना स्रोतहरुलाई पुनर्जीवित गराउने बालेनको प्रतिबद्धता छ।
वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र निर्माण गर्ने, नलसाङ्ककत ४२ देणख ४५ खुल्ला ठाउँहरुलाई तीनीहरुको आकार अनुसार पार्क, खेलकुद मैदान, व्यायाम र दौड गर्ने ठाउँमा रुपान्तरण गर्ने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्र, विवाहदर्ता तथा अन्य कागजातहरु, वृद्धा भत्ता लगायतको सेवामा होम डेलिभरीको व्यवस्था गर्ने, सरकारी कार्यालयहरुमा बिहानी सिफ्ट शुरु गर्ने लगायतका विषय बालेनको घोषणापत्रका मुख्य विषय हुन्।
बालेन शाहकाे घाेषणापत्रकाे पुर्णपाठ :