काठमाण्डौं-सरकारले काँकडभिट्टा देखि महेन्द्रनगरसम्म पाँचबर्षे अवधारणा बनाएर १ हज्जार २७ किलोमिटर सडकलाई चारलेनमा स्तरोन्नति गर्ने निती बनाइ अध्ययन अगि बढाएको छ ।
सबैभन्दा बढी सवारी चाप हुने नारायणगढ-बुटवल खण्डको अध्ययन गरी विस्तार थालियो । सडक र पुल साँघुरो भएकाले यसको विस्तारको लागि विस्तृत अध्ययन र डिजाइनको काम भइरहेको छ । विस्तार थालिएको नारायणगढ-बुटवल सडकको दुरी १ सय १३ किमि रहेको छ । जसलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरीएको छ, जुन ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले लिएको छ ।
१६ अर्ब ९९ करोडमा साढे तिन वर्षमा काम सक्ने सर्तमा थालिएको काम अहिले स्तरोन्नतिको काम ८ प्रतिशत मात्र भएको छ । जुन सम्झौता अनुसार काम सकिएको ५ वर्षसम्म कम्पनिले नै मर्मत गर्नुपर्नेकुरा उल्लेख गरिएको छ । काम ढिलाई हुनुमा कोभिड महामारी तथा सडकमा अवस्थित रुख काट्न तथा विधुतको पोल हटाउन नसक्नु हो ।
त्यस्तैगरी पुर्व-पश्चिम राजमार्गअन्र्तगत पनि सडक निर्माण कार्य न्युन रहेको साथै यसलाई पनि दुइ खण्डमा विभाजन गरी चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीले नै लिएको छ । जुन काम २०२३ सम्म सम्पन्न गर्ने सम्झौता गरीएको छ ।
कोभिड दोस्रो लहरको कारणले गर्दा निर्माण कार्यका नकारात्मक असर परेको छ । यस कार्यको लागि एडीबीले ऋण प्रदान गरेको थियो त्यस्तै अहिले यसकै सहयोगमा थप निमार्ण कार्य थालिएको छ ।
कोरियन कम्पनि सोसुङले इन्जिनियरिङ डिजाइन, इन्भायरोमेन्टल स्टडी रिपोर्ट र सोसल स्टडीको रिपोर्ट तयार गरी सम्झौता अनुसार काम गरेको छ । जसको अनुसार २०२२ अक्टोबरसम्म पथलैया-नारायणगढ र बुटवल-गोरुसिंगेखण्डको काम सक्नुपर्नेछ ।यस निमार्णकार्यमा एडीबिको ऋण सहयोग भएता पनि निर्माण कार्य विश्व बैंकमार्फत गर्ने भएको छ ।
भौतिक पुर्वाधार तथा यतायात मन्त्रालयका प्रवक्ता शर्माको अनुसार शिवखोलाबाट महेन्द्रनगरसम्म अध्ययन गर्ने छ । दुइवटा ठेक्का मुग्लिन-पोदखरा र एडीबीकै ऋण सहयोगमा अघि बढाइएको छ । चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले ४० किमि दुरी रहेको पहिलो खण्डको ठेक्का लिएको छ । उक्त खण्ड ३६ महिनाभित्र सक्नुपर्ने भएपनि कानुनि वैधता ९ बर्ष रहने छ भने ५ बर्षसम्म सडक बिग्रेमा मर्मत गर्ने दायित्व पनि व्यपसायीकै रहने छ ।
ढकालका अनुसार, दोस्रो प्याकेज जामुनेबाट पोखरा सेतिपुलसम्म ४७ किलोमिटरको निर्माण पनि ३६ महिनाभित्र नै सक्नुपर्नेछ । चिनियाँ कम्पनी यान हुई कन्स्ट्रक्सनले ७ अर्वमा यसको ठेक्का लिएको छ । मुग्लिङदेखि आँबुखैरेनीसम्म मस्र्याङदीको सडक निमार्णमा वारीपट्रटी साँघुरो, चट्रटान धेरै र मस्याङग्दि पावर हाउस रहेको कारणले गर्दा ५ किमि सडक पारीबाट निर्माण गरिन्छ । आयोजक निर्देशक ढकालको अनुसार फ्रेज-१ को प्रोजेक्टमा पैसा बचत भएको छ । सडक विभाग प्रवक्ता नेपालका अनुसार, ८४ किमि दुरीको नौबिसै सुधार पनि विश्व बैंकको ऋण सहयोगमा काम अघि बढाइएको छ ।
जसअन्र्तगत धेरै बस्ती भएको ठाउँमा चार लेन सडकको निर्माण गरी २४ वटा नयाँ पुल पनि बनाइनेछ । बिश्व बैंकले नौबिसेदेखि मुग्लिनसम्मको सडक सुधारको लागि ऋण प्रदान गर्ने सम्झौता गरेको छ ।