काठमाडौं। निर्माण क्षेत्रमा विभिन्न उपकरणहरुको आवश्यकता पर्दछ। एस्काभेटर, हाइड्रोलिक माइनिङ शाबेल, ह्वील लोडर, कम्प्याक्टर, ब्याकहो लोडर, रोलर, लोडर, स्प्रेडर, मिक्सिङ मेसिन, क्रेन, आगो निभाउने सवारी साधन र सिभिल इन्जिनियरिङ मेसिनरीका लागि इन्धन ट्याङ्की, बुलडोजर, लिफ्ट, र ड्रिलिंग रिग लगाएतका विभिन्न उपकरणको आवश्यकता पर्दछ। जुन उपकरणहरु विदेशी निर्माण कम्पनीले निर्माण गर्दछन्। जस मध्ये २०२१ मा बिक्रि, प्रबिधि लगायतका आधारमा एटुजेट भिएकल डटकमले प्रकाशन गरेको विश्वका शिर्ष १० निर्माण उपकरण उत्पादन गर्ने कम्पनीहरु यस प्रकार रहेका छन्।
१) क्याटरपिलर, संयुक्त राज्य अमेरिका
क्याटरपिलर विश्वको सबैभन्दा ठूलो निर्माण उपकरण आपूर्तिकर्ता हो। उक्त कम्पनीले निर्माण उपकरण, डिजेल र प्राकृतिक ग्यास इन्जिन, औधोगिक ग्यास टर्बाइन लगायतका औजारहरु बिक्री गर्दछ। सो कम्पनीको ३०० भन्दा बढी मोडलका मेसिनहरु बजारमा उपलब्ध छन्। जसमा एक्काभेटर, हाइड्रोलिक माइनिङ शाबेल, ह्वील लोडर, कम्प्याक्टर, ब्याकहो लोडर र डोजर मुख्य मेसिनको रुपमा रहेका छन्। क्याटरपिलरको स्थापना क्यालिफोर्नियामा अप्रिल १५, १९२५ मा भएको थियो। पहिले यसलाई क्याटरपिलर इन्कको नामले चिनिन्थ्यो भने, सन् १९८६ पछी यसलाई क्याटरपिलरट्रयाक्टर कम्पनी भनेर चिनिन थालिएको हो। विगतमा क्याटरपिलर (क्याट) को नेपालको लागि ट्याक्टरस् नेपाल आधिकारिक बिक्रेताले बिक्रि गर्दै आएको मा हाल बतास अर्गनाईजेसनले यो मेसिन बिक्रि गर्दै आएको छ।
२) कोमात्सु, जापान
कोमात्सु एक जापानीज कम्पनी हो, जसले निर्माण र खानी उपकरण, औद्योगिक मेसिनरी, वन मेसिन लगायतका उपकरणहरु उत्पादन गर्दछ। यो कम्पनी निर्माण तथा खानी उपकरणको विश्वमै दोस्रो ठूलो आपूर्तिकर्ता हो। जापानको मुख्य सहर मिनाटो, टोकियोमा रहेको यो कम्पनी सन् १९२१ मा स्थापना भएको हो। हाल यस कम्पनीको जापानमा मात्र नभएर संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, चीन, भारत, स्वीडेन, रुस, इटाली, ब्राजिल, इन्डोनेसिया, नर्वे, थाइल्याण्ड, क्यानडा र मेक्सिकोमा पनी उत्पादन कारखानाहरू रहेका छन्। विश्वको दोस्रो स्थानमा रहेको यस कम्पनीको नेपालको आधिकारीक बिक्रता कन्टिनेन्टल टे«डिङ ईन्टरप्राईजेजले बिक्री गर्दै आएको कोमात्सुका मेसिन कुनै समय नेपालको पहिलो रोजाईको मेसिन थियो भने, हाल कन्टिनेन्टल टे«डिङ ईन्टरप्राईजेज कम्पनीको केही त्रुटि र नयाँ मोडल भित्र्याउदा प्राविधिक त्रुटिका कारण खासै नेपाली बजारमा यो कम्पनीका मेसिन बिक्रि भएको पाईदैन।
३) भोल्भो सीई, स्वीडेन
भोल्भो कम्पनी विश्वको सबैभन्दा लोकप्रिय उपकरण उत्पादक निर्माताहरुमध्यको एक हो। यसले ट्रक, खानी र निर्माण मेसिन सहित निर्माण सम्बन्धि उद्योगहरूको लागि आवश्यक उपकरण उत्पादन तथा बिक्री गर्दछ। बिशेष गरी निर्माण उपकरणहरूमा अग्र स्थानमा रहेको यो कम्पनीले विश्वका १४० भन्दा बढी देशहरुमा उत्पादन र सेवाहरु प्रदान गर्दछ। कम्पनीले स्वीडेन, चीन, जर्मनी, स्कटल्याण्ड, संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत, रुस, स्कटल्याण्ड, फ्रान्स र कोरियामा उत्पादन कारखानाहरु सञ्चालन गरेको छ। नेपालमा भोल्भो सिई कम्पनीका मेसिनहरु एक्सप्लोर अर्थ मुभर्स पञ्चकन्या ग्रुपले आधिकारिक रुपमा बिक्रि तथा अन्य सेवा प्रदान गर्दै आएका छ।
४) हिटाची निर्माण मेसिनरी, जापान
हिटाची एक जापानी निर्माण मेसिनरी उपकरण उत्पादक कम्पनी हो। यसले विभिन्न प्रकारका निर्माण र यातायातका मेसिनरीका साथै अन्य मेसिन र उपकरणको उत्पादन, बिक्री र सेवा उपलब्ध गराउने गर्दछ। हाल यो कम्पनी एक्साभेटर, क्रलर क्रेन, ह्वील लोडर, हल्का कम्प्याक्सन उपकरण र डम्प ट्रकहरू जस्ता उपकरणहरूको लागि परिचित छ। यसले उत्तरी अमेरिका, दक्षिण अमेरिका, युरोप र एशियामा प्लान्टहरू सञ्चालन गरेको छ। हिटाची कम्पनीले भारतमा टाटा कम्पनीसँग सहकार्य गर्दै टाटा हिटाचीको नाम बाट निर्माण मेसिनरी उपकरणहरु उत्पादनहरु गर्दै आएको छ भन, सिप्रदि ट्रेडिङले विगतमा टाटा हिटाचीका मेसिनहरु बेच्दै आएकोमा केही समयदेखि दुगड ग्रुपले बिक्रिवितरण गर्दै आएको छ।
५) लिब्भर समूह, जर्मनी
लिब्भर समूह युरोपमा ठूला निर्माण मेसिनरी उपकरणको एक लोकप्रिय आपूर्तिकर्ता हो। यसले एक्साभेटर, क्रेन, व्हील लोडर, टेलिस्कोपिङ ह्यान्डलर र डोजरको उत्पादन गर्दछ। यो कम्पनीले उत्पादन गरेको एलटिएम ११२०० अहिलेसम्म निर्मित सबैभन्दा शक्तिशाली मोबाइल क्रेन हो। यो कम्पनी विश्वको सबैभन्दा लामो टेलिस्कोपिक बूम बनाउने कम्पनी पनि हो, जुन १०० मिटर लामो छ। अधिकांश समय विश्वको उत्कृष्ट १० मा पर्ने यस कम्पनीको उपकरणहरु खासै नेपालमा बिक्रि भएका पाईदैन। पद्म श्री ग्रुपले बिक्रि गर्दै आएको यो मेसिन नेपाली बजारमा खासै देखिदैनन्।
६) स्यानी, चीन
स्यानी उद्योग प्रालि विश्वको चौथो ठूलो निर्माण उपकरण उत्पादक कम्पनी हो। यो कम्पनी उत्खनन र व्हील लोडर को क्षेत्रमा शिर्ष स्थानमा रहेको छ। यो कम्पनीको मुख्य कारखाना चिनको चाङ्शामा रहेको छ। हाल, स्यानी ले संयुक्त राज्य अमेरिका, जर्मनी, भारत र ब्राजिल लगायतका विश्वको २५ स्थानहरुमा रहेका प्लान्टहरूबाट उत्पादन गर्दछ। उक्त कम्पनीले चीनमा ६ वटा औद्योगिक पार्क समेत निर्माण गरेको छ। नेपालमा भाजुरत्न एजेन्सी स्यानी मेसिनका लागि आधिकारिक बिक्रेताको रुपमा रहि आएको छ।
७) जुमलीयन, चीन
सन् २०२० मा विश्वका शीर्ष १० ठूला निर्माण उपकरण उत्पादकहरुको पहेंलो तालिकाको १३ बाट १० औं स्थानमा रहेको यो चिनियाँ कम्पनी जुमलीयन २०२१ मा पाँचौ स्थानमा पुगेको छ। यस कम्पनीले एस्काभेटर, बुलडोजर, लिफ्ट, कंक्रीट सम्बन्धित मेसिन र ड्रिलिंग रिग सहित ठूला निर्माण उपकरणहरू उत्पादन गर्दछ। यो कम्पनी सन् १९९२ मा स्थापना भएको हो। यसले सन् २०२१ मा ९.४ बिलियन डलरको ठूला मेसीनरी उपकरण बेचेर चिनियाँ बजारमा बलियो प्रदर्शन गरेको छ। नेपालमा जुमलीयनका मेसिनहरु आधिकारिक रुपमा जगदम्बा कन्सट्रक्सन सोलुसनले बिक्रि गर्दै आएपनि खासै बजार भने लिन सकेको छैन।
८) टेरेक्स कर्पोरेसन, अमेरिका
टेरेक्स कर्पोरेसन १९३३ मा कनेक्टिकट, संयुक्त राज्य मा स्थापना भएको कम्पनी हो। यो कम्पनीले ऊर्जा, खनिज उत्खनन्, निर्माण, पूर्वाधार, ढुवानी, यातायात, कार्गो र अन्य विभिन्न उद्योगहरूको लागि लिफ्टिङ र सामग्री ह्यान्डलिंगका मेसिनहरु उत्पादन गर्दछ। टेरेक्स कम्पनीको प्रमुख व्यापार क्षेत्रहरूमा हवाई प्लेटफर्म, निर्माण मेसिन, क्रेन, पोर्ट तथा सामग्री ह्यान्डलिंग उपकरणहरु विश्वव्यापी प्रख्यात छन्। टेरेक्स कर्पोरेसनको मेसिनहरु नेपालमा टेरेक्स एम.पि.एस र मानश्री टे«डिङले सयुंक्त रुपमा बिक्रि गर्दै आएका छन्।
९) दुसान, कोरीया
दुसान कोरीयाको बहुराष्ट्रिय कम्पनी हो। जुन मुख्य रुपमा ठूला निर्माण उपकरणको निर्माण र वितरणमा संलग्न छ। कम्पनी को मुख्य उच्च प्रदर्शन एस्काभेटर, व्हील लोडर, डम्प ट्रक, कम्प्याक्ट लोडर, र मिनी–डिगरहरूका लागि विश्वव्यापी रूपमा प्रसिद्ध छ। दुसानको निर्मााण उपकरण उत्पादन पट्टीको डिभिजन हुन्डाई कम्पनीले खरिद गरेको छ। जसका कारण भविष्यमा आउने मेसिनहरु हुन्डाई दुसानको नामबाट उत्पादन हुनेछन्।
१०) डिरे एण्ड कम्पनी, संयुक्त राज्य अमेरिका
डिरे एण्ड कम्पनी एक अमेरिकी कम्पनी हो। यसले डिरे ब्रान्ड अन्तर्गत कृषि, निर्माण, वन मेसिन र अन्य उपकरणहरुको निर्माण गर्दछ। यो कम्पनीको स्थापना १८४ वर्ष अगाडी १८३७ मा अमेरिकन ब्याल्याकस्मिथ र निर्माता कम्पनी जोन डीरेले गरेका थिए। यो कम्पनीले करिब ६७,००० कामदारलाइ रोजगारी दिएको छ भने, काम गर्ने कामदारहरु अधिकांश अमेरिका र क्यानडाका रहेका छन्। यो कम्पनीले सन् २०२० मा ८.९ बिलियन डलरको उपकरण बेचेको थियो। नेपालमा डिरे एण्ड कम्पनीका ट्याक्टर लगायत अन्य उपकरणहरु एम.भी दुग्गड ग्रुपले आधिकारिक रुपमा बिक्रि गर्दै आएको छ।
स्रोतः एटुजेट भिएकल डटकम
https://a2zvehicle.com/construction-equipment-manufacturers/