काठमाडौं। नारायणगढ कमलनगरस्थित एउटा चारतले भवनमा आगलागी भएको छ। आगलागी हुँदा करोडौँको क्षति भएको हो।
स्थानीय तुल्सीराम सापकोटाको चारतले घरको पहिलो तलामा विभिन्न विभिन्न व्यक्तिले संचालन गरेको इलेक्ट्रोनिक पसल, जुत्ता चप्पल र कपडाको गोदाम लगायतका सटरमा आगलागी भएको हो। हिजो राति लागेको आगो आज विहान मात्र नियन्त्रणमा लिएको हो।
राति २ बजेदेखि लागेको आगो चार वटा दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानीयको सहायतमा बिहान ७ बजे मात्रै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँ रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। ‘फेन्सी, इलेक्ट्रोनिक, मोबाइल, जुत्ता चप्पल र कपडालगायतका करिब ८ पसलमा आगलागी भएको छ। आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको छ भने, ‘विद्युत सर्ट भएर आगलागी भएको हो कि भनेर अनुमान गरेको बताइएको छ।
चारतले घरको पहिलो तलामा सञ्चालन भएका एक्सप्रेस मोबाइल पसल, दुर्गा इलेक्ट्रोनिक पसल, श्रीकृष्ण सप्लायर्स, जुत्ता पसल, फेन्सी पसल र दियालो फेन्सी पसलमा आगलागी भएको छ।