काठमाडौं। कर्नाटककाे एउटा सानो सहर बेलगामका निरञ्जन कार्कीले संभवत संसारकै सानो पानी फिल्टर गर्ने उपकरण बनाएका छन्। रिनञ्जनले संसारकै सानो र सस्तो फिल्टर बनाएका हुन्।
उनले बनाएको फिल्टरको मूल्य ३० रुपैयाँ मात्र पर्छ भने यसलाई पानी पिउने बोतलदेखि धाराका टुटीहरुमा जडान गरी जस्तोसुकै पानी पनि पिउन सकिन्छ। इञ्जिनियरिङ गरिरहेका निरञ्जनले दुई वर्षअघि बनाउन शुरु गरेको फिल्टर अत्यन्तै प्रभावकारी भएको देखिन्छ। पछिल्लो २ वर्षमा दुई लाख भन्दा बढी फिल्टर बिक्री तथा वितरण भइसकेको निरञ्जन बताउँछन्।
फिल्टर बनाउने सोच कहाँबाट आयो ?
निरञ्जनको घर नजिकै एउटा सरकारी विद्यालय छ। विद्यालय वरपर खेल्न निरञ्जन जाने गर्थे। एक दिन उनले विद्यालयका केटाकेटीले धाराबाट पानी पिइरहेको देखे जुन धारा पानी ट्यांकीमा जोडिएको थियो। एक दिन उनी त्यो ट्यांकी हेर्न गए। ट्यांकी पुरै लेउले ढाकेको देखे। त्यहाँ भएको पानी पिउन योग्य थिएन।
बजारमा पनि पानी शुद्धिकरण गर्ने मेसिन प्रशस्त पाइन्छ तर सरकारी विद्यालय, गरिब मानिसका लागि ती मेसिन महंगा हुन्छन्। त्यसैले निरञ्जनले संसारकै सस्तो पानी शुद्धिकरण गर्ने मेसिन बनाउने निर्णय गरे। इञ्जिनीयरिङका विद्यार्थी भए पनि निरञ्जनलाई वाटर फिल्टर बनाउने कुनै उपाय थाहा थिएन। उनले शुरुमा प्रोटोपाइप बनाउन अध्ययन गर्न थाले। यसका लागि पिभिसि पाइप र थ्रि डि मोडल आवश्यक हुन्थ्यो। अध्ययन गर्नमा नै उनीसँग भएको पैसा खर्च हुँदै जान थालेको थियो। भएको पैसा सकिन थालेपछि उनी फिल्टर बनाउन नसक्ने अवस्थामा पुगेका थिए।
त्यसै समय उनलाई 'डेशपाण्डे पाउण्डेशन'ले केही आर्थिक सहयोग गर्यो। र बाँकी पैसा उनका अभिभावकले दिए। कम दामको वस्तु उत्पादनका लागि कम दामकै सामान प्रयोग गर्नुपर्छ भन्ने कुरा उनले बुझेका थिए। त्यसका लागि उनले घर वरपर पाउने वस्तुहरुकै प्रयोग गर्ने सोचे। उनले कटन, चारकोल, जालीलगायतका घर वरपर पाइने अवयवहरु प्रयोग गरी वाटर फिल्टर बनाए। यो वाटर फिल्टर हरेक पानी पिउने बोतलदेखि धाराको टुटीमा राखेर प्रयोग गर्न सकिन्छ। निरञ्जनले उक्त फिल्टरको नाम ‘निर्नर प्यूरीटि इन योर पकेट’ राखे ।
निरञ्जनले बनाएको फिल्टरका बारेमा शुरुमा सबैलाई बुझाउन थाले। यसका बारेमा जानकारी हुँदै गएपछि मान्छेहरुले मन पराउन थाले । विस्तारै निरञ्जनको फिल्टर प्रभावकारी बन्दै गयो। मानिसहरुले यसकाे उपयोग गर्न थालेपछि निरञ्जनले आफ्नो उत्पादनको क्षमता बढाउन थाले ।
भिडियाे:
भिडियाे स्राेत: Anuj Ramatri