काठमाडौं। चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनले स्थानीय निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। भरतपुरमा मंगलबार पाँच दलीय सत्ता गठबन्धनले सामूहिक घोषणापत्र सार्वजनिक गरेको हो।
गठबन्धनले ‘भरतपुरको विकासका लागि गठबन्धनको छैन विकल्प, एसियाकै नमुना महानगर हाम्रो साझा संकल्प’ भन्ने नारा दिइएको घोषणापत्र सार्वजनिक गरेको छ। गठबन्धनले माओवादीबाट रेणु दाहाललाई उमेदवार बनाएको छ। घोषणापत्र सार्वजनिक गर्दै उमेदवार दाहालले आफूले अघिल्लो कार्यकालमा गर्न बाँकी रहेका काम पूरा गर्न पुन महानगर प्रमुखमा दोहोरीन चाहेको बताएकी छन्।
गठबन्धनको घोषणापत्रमा शहीदचोक, हाकिमचोक र मालपोत चोकमा आकाशेपुल बनाउनेदेखि फोहोरको स्मार्ट व्यवस्थापन गर्ने सम्मका प्रतिबद्धता उल्लेख गरिएको छ। घोषणापत्रमा फोहोर स्मार्ट व्यवस्थापन कार्यका लागि गुरुयोजना बनाएर पञ्चवर्षीय रुपमा काम अगाडि बढाउने, शतप्रति नागरिकलाई शुद्ध पिउने पानी खुवाउने, प्रत्येक घरलाई विद्युत चुल्होमा ८० प्रतिशत अनुदान दिने उल्लेख छ ।
त्यसैगरी केही महिनामा नै इलेष्ट्रिक बस सञ्चालन गर्ने, ६० वर्ष कटेका दलित समुदायलाई निःशुल्क उपचार गर्ने, जेष्ठ नागरिकलाई वर्षमा एकपटक देश भित्रका विभिन्न ठाँउमा धार्मिक तथा मनोरञ्जनात्मक भ्रमण गराउने उल्लेख गरिएको छ। गोन्द्राङ, पोखरा बसपार्क, ध्रुव, गोलाघाट, रातापुर, गंगानगर लगायतका क्षेत्रमा विद्युतीय चार्जिङ स्टेशन बनाउने कुरा घोषणापत्रमा समेटिएका छन् । महानगरका ३० ठाँउलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने योजना कार्यक्रममा समेटिएको छ ।घोषणापत्रमा विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेटको व्यवस्था, युवाहरुलाई रोजगारी र स्वउद्यमको प्रत्याभूति गराउने कुरा समेत समेटिएका छन् ।
पूर्णपाठ: