काठमाडौं। लमजुङमा निर्माण सम्पन्न चरणमा पुगेको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको संरचना परीक्षण सुरु भएको छ। २५ मेगावाट क्षमताको सो आयोजनामा शुक्रबारदेखि टनेल पाइपमा पानी हालेर संरचना परीक्षण सुरु भएको हो।
गत असारमा आएको बाढीले क्षति पुर्याएको सो आयोजनामा मर्मतसँगै संरचना परीक्षण पनि सुरु गरिएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए। आयोजनामा बाढीले क्षति पु(याएको डिसेन्डरमा मर्मत कार्य जारी रहेको र वैकल्पिक नहरको व्यवस्था गरी टनेल पाइपमा पानी हालिएको वस्तीले बताए। प्रवद्र्धक वस्तीका अनुसार वैशाख महिनाभरि टनेल संरचना परीक्षण गरिने र जेठ लागेसँंगै विद्युतगृहको संरचना परीक्षण हुनेछ। विद्युतगृहको संरचना परीक्षण गरी जेठ महिनाभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य रहेको प्रवद्र्धक वस्तीले बताए।
हाल दोर्दी करिडोरमा निर्माणाधीन १३२ केभी राष्ट्रिय प्रसारणलाइन पनि निर्माणाधीन रहेकाले व्यावसायिक विद्युत उत्पादनका लागि भने केही समय लाग्ने आयोजनाले जनाएको छ। राष्ट्रिय प्रसारणलाइन निर्माणको काम सम्पन्न भएसँगै सो आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन हुने भएको छ। यसअघि निर्माण सम्पन्न भइसकेर टनेलसमेत परीक्षण भएको सो आयोजनामा गतवर्षको असारमा आएको बाढीले आयोजनाको बाँध क्षेत्रमा क्षति पुर्याएको थियो। बाढीले बाँधक्षेत्रका अधिकांश भाग पुरिनुका साथै संरचनामा क्षति पुर्याएपछि त्यसको मर्मत जारी रहेको छ।
संरचना निर्माणको काम सम्पन्न गरीसकेको उक्त आयोजनाले गत जेठ महिनाभित्रै व्यावसायिक विद्युत उत्पादन गर्नेगरी परीक्षण तयारी गरेको थियो। तर बाढीले संरचनामा क्षति पुरयाएपछि पुनः विद्युत उत्पादनको समय थप एक वर्ष लम्बिएको छ। अघिल्लो वर्ष पनि दोर्दी खोलामा आएको बाढी र त्यसपछि विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनको प्रभावका कारण निर्माण अवधि लम्बिएको थियो। बाढीकै कारण दोर्दी करिडोर १३२ केभी राष्ट्रिय प्रसारणलाइन पनि पुनः ढिलाइ भएको हो।
लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधीन सो आयोजनामा हेडवक्र्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकल लगायत अन्य संरचना निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको थियो। २०७१ साल असोजबाट निर्माण थालिएको सो आयोजना २०७४ सम्म व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य राखिए पनि पटक–पटक निर्माण कार्य प्रभावित हुँदै आएको छ।
आयोजनाबाट उत्पादित विद्युत दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मस्र्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनमा जोडिने छ। आयोजनाको बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युतगृहमा पु¥याई विद्युत उत्पादनको तयारी गरिएको छ।
२०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र अघिल्लो वर्षको भदौमा आएको बाढीका कारण पनि निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ। रन अफ रिभर प्रविधिमा बनेको सो आयोजनाको चार अर्ब ६३ करोड भन्दा बढी रकम लागत रहेको छ। आजको कारोबार दैनिकबाट