काठमाडौं। सर्लाही जिल्लाको चुरे क्षेत्रको बस्तीमा खानेपानीको समस्या सिर्जना भएको छ। सुक्खा मौसम सुरु भएसँगै सो क्षेत्रमा खानेपानिको समस्या सिर्जना भएको हो।
सर्लाही जिल्लाको उत्तरी क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा जस्तै अहिले पनि खानेपानिको समस्या भएको छ।
सो क्षेत्रका धारा, इनार, कुवालगायतका खानेपानिका स्रोल सुक्न थालेपछि पानिको अभाव हुन थालेको स्थानीयले बताए। धारामा पानी आउन छाडेको धेरै भएको र आफूहरुले खोला तथा बगरका कुवाबाट पानी ल्याउने गरेको भए पनि अहिले ती कुवा पनि सुक्न गालेपछि खानेपानीको समस्या भएको उनिहरुको गुनासो रहेको छ।
इश्वरपुर–१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालिञ्जोर तथा लालबन्दी नगरपालिका–१५ का धुसेनी, देउराली, तिनघरे, वडा नं १२, १३ र १४ का अधिकांश बस्तीका साथै हरिवन नगरपालिका–१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ।
जिल्लाको कर्णाली भनेर चिनीने यी बस्तीमा अरु समयमा सहजै शुद्ध पिउने पानी पाउन समस्या हुने गरेको भए पनि सुक्खा मौसम सुरु भएपछि खानेपानीको थप समस्या देखिएको इश्वरपुर–१२ का स्थानीयले बताए।
प्राविधिकका अनुसार यसवर्ष हिउँदमा पर्याप्त पानी नपर्नाले, बढ्दो वन विनाश र उत्खननले गर्दा पछिल्ला वर्षमा खानेपानीका स्रोत चाँडो सुक्न थालेका हुन्।
एक गाग्री पानीको जोहो अहिले चुरेका बासिन्दा घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य भएका छन्। गाउँमा एउटा मात्रै कुवा छ, त्यही कुवामा पनि हिजोआज रातभर जम्मा भएको पानीले दुई।चार घरलाईसमेत नपुग्ने उनिहरु बताउछन्।