चन्द्रशम्शेरको समयमा गाँउमा बनाइएका आधुनिक झोलुङ्गे पुलहरु स्कटल्याण्डबाट सामग्री मगाएर बनाइएका निर्माणका इतिहासले राणा प्रति नकारात्मकताको प्रचार प्रसार अत्याधिक भएको पुष्टी हुन्छ । राणाकालमा आफ्नै श्रम र श्रोतले बनाइएका झोलुङ्गे पुलहरुले गरिव जनतामा पनि केही गरौ भन्ने भावनाको बिकास भएका इतिहास पनि धेरै रहेका छन् ।
सयौ पुलहरु आफ्नो निजी खर्चमा बनाइदिएका इतिहास पनि छन् । जसले गर्दा त्यो बेलाका गरिवहरु अहिलेको धनी मानिस भन्दा बढि जिम्मेवार नागरिक थिए भन्ने सहजै थाहा पाउन सकिन्छ ।
२००७ देखि २०१५ साल बिचको राजनैतिक अस्थिरताको समयमा घुसखोरी र कमिशनतन्त्रको शुरुवात हाडीगाउँको भत्केको पुलले गरेको बुझ्न सकिन्छ । उक्त पुल बनेको केवल तीन वर्षमा भत्किएको थियो । जसलाइ गणतन्त्रकालको पुलहरुको रुपमा सम्झन सकिन्छ ।
नेपालको सन्धर्बमा बिकासका कुनै पनि काम गर्दा ४० प्रतिशत मात्र खर्च गरि बाकि ६० प्रतिशत ठेकेदाको नाफामा सकिने गरेको उदाहरण थुप्रै सुन्न र देख्न सकिन्छ । जसले गुणस्तरिय कामको अपेक्षा गर्नु मुर्खता हुन्छ ।
अहिले गणतन्त्रले जनताको दुख बुझ्नेछ भनेपनि स्थानिय सरकारमा रहेकाहरु बास्तविक आबश्यकता भन्दा अनावश्यक डाँडाको टुप्पामा करोडौ खर्चेर भ्यूटावर तथा कंक्रिटका नमुनाहरु बनाउँछन् तर जनता तुइनमा झुण्डिएर खोला तर्न तथा काठे पुलहरुमा हिड्न बाध्य भयका छन् ।
संखुवासभाको मुडे बजारमा नक्कली चाँपको रुख, सखुवागाछीमा नक्कली सखुवा, दैलेखको गुराँस गाउँपालिकामा नक्कली गुराँस, उदयपुरमा नक्कली बेलको फल सजाइएको बनाइएको र हालै मैनामैनीमा सिमेन्टको सुंगुर बनाइएको छ । सिमित स्वार्थले बनाइएका यस्ता संरचना अहिलेको फोटो र भिडियो खिच्ने स्थल त बन्नेछ ।
कृत्रिम रुख बिरुवा वा यस प्रकारको नमुनाले केही सेवा नगर्ने भयकोले यो भन्दा जनतालाई अति आबश्यक र बनाउनै पर्ने धेरै कुराहरु बनाय होला । तर ति सबैलाई बेवास्ता गरि निजि स्वार्थ हेरियको छ ।