फाइल तस्बिर
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका– २ रुमस्थित पर्यटकीयस्थल दुरुलेकमा आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ।
समुन्द्री सतहदेखि ३ हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेकमा हिमशृङ्खला र ग्रामीण भूगोलको अवलोकनका लागि नयाँ वर्षमा म्याग्दी र बागलुङका आन्तरिक पर्यटक पुग्ने गर्छन् ।
प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिकस्थलको रुपमा महत्वपूर्ण रहेपनि प्रचार–प्रसार र पूर्वाधारको अभावले यसबाट ग्रामीण बस्तीको आयस्रोतको माध्यम बन्न सकेको छैन । म्याग्दीको मालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका– ५ सिपको सिमानामा रहेको दुरुलेकमा लालीगुरासँको घनाजंगल, दर्जनौ हिमालको दृष्य र म्याग्दी र बागलुङलगायतका जिल्लाको ग्रामीण बस्ती डाडाँकाडासँग रमाउन नयाँ वर्षमा पर्यटक आउने गरेको स्थानीय बताउँछन्।
म्याग्दीसँगै बागलुङको ढोरपाटन नगरपालिका, तमानखोला, बडिगाड र तमानखोला गाउँपालिकाबाट बढी पर्यटन दरुलेकको भण्डी डिलमा पर्यटक आउँछन् । दुरुलेकदेखि झण्डी डिलसम्म पुग्ने पदमार्ग र चौतारी निर्माणले पर्यटकलाई सहज भएको छ ।
दुरुलेकबाट देखिने हिमालहरु, विभिन्न प्रजातीका लालीगुराँस, मठमन्दिर र परम्परागत गोठहरु अवलोकन गर्न आएको आन्तरिक पर्यटकको भनाइ छ। पर्यटकका लागिमठ्ठा चढाउने भिरले पनि थप आकर्षण गरेको छ ।
चैत वैशाख महिनामा दुरुलेकस्थित घनाजंगलमा लालीगुराँस फूल्ने र वन्यजन्तुसँगै रमाउन, फोटो र भिडियो बनाउन विशेषगरी युवायुवती बढी आउने गरेको स्थानीयको भनाइ छ।