स्याङ्जा। नेपालकै पहिलो नमुना होमस्टे (घरबास) सञ्चालित पर्यटकीय गाउँ सिरुबारी पछिल्लो समय सुस्ताउन थालेको छ। सिरुबारी छाडेर अधिकांश स्थानीय बेलायत, हङकङ, भारत र छिमेकी सुविधासम्पन्न सहर पोखरा जान थालेपछि सिरुबारीको पर्यटकीय गतिविधि सुस्ताउन थालेको हो।
श्रम गर्न सक्ने युवाहरु रोजगारीका लागि विदेश जाने र गाउँ छोड्ने देशका अन्य गाउँघर जस्तै सिरुबारीमा युवा जनशक्तिको अभाव बढ्दो छ। गाउँमा श्रम गर्न नसक्ने उमेर पुगेका पाका मानिस मात्रै छन्। ४३ घर परिवारमध्ये ३५ घरबाट सुरु भएको होमस्टे व्यवसाय १९ घरमा सीमित हुन पुगेको छ। झण्डै एक दर्जन घर त रित्तो भइसकेका छन्।
“शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत आवश्यकता र समयानुकुल सुविधाको खोजीमा गाउँ छाड्नेलाई रोक्न सकिएको छैन” स्थानीय पर्यटन विकास समितिका संयोजक जुम गुरुङ्ले भने, “शिक्षा, स्वास्थ्य, सडकको स्तरोन्नति गर्दै गाउँको प्रवद्र्धन गरी गाउँका मान्छेलाई गाउँमै रोक्ने र बाहिर गएकालाई गाउँमै फर्काए र केही गर्न सक्ने वातावरण बनाउन खोजिएको छ।”
स्थानीय अगुवा तथा पूर्वसांसद क्याप्टेन रुद्रमान गुरुङको अगुवाइमा २०५४ सालमा घोषणा भएको पहिलो होमस्टे गाउँ सिरुबारीमा ४३ घर ध्ये पछिल्लो समय झन्डै ३० घरमा मात्रै मान्छे बस्ने गरेका छन्। युवा जनशक्तिको अभाबमा पछिल्लो समय १९ घरमा सीमित होमस्टे व्यवसाय सञ्चालनमा रहेको छ।
सन् २००१ मा प्रशान्त एशिया ट्राभल एसोसिएशन (पाटा) अवार्ड समेत जित्न सफल सिरुबारीमा ३५ घरमा होमस्टे सञ्चालन थियो। २०५९ देखि २०६३ को सयममा आवासिय सुविधासहित गोर्खा पूर्वसैनिकलाई बेलायतले लगेपछि गाउँ खाली हुने मात्रै नभइ होमस्टे व्यवसाय सुस्ताएको हो। श्रमको अभावमा अर्गानिक उत्पादन हुन छाडेपछि गाउँमै सीमित उमेर पुगेका बुढाबुढीलाई होमस्टे नै बन्द हुने हो की भन्ने चिन्ता थपिँदै गएको छ।
होमस्टे गाउँ सिरुबारीकै चिन्ताले अभियान्ता क्याप्टेन रुद्रमानकी बुहारी ३ वर्षदेखि गाउँमै बसेर नेतृत्व गरेर होमस्टे चलाउँदै आएकी छन्। “केही वर्षदेखि पोखरामै बस्दै आएकी थिएँ, गाउँमै सम्भावना देखेकाले र नेतृत्व लिनुपर्छ भनेर गाउँ आएकी छु” गुरुङले भनिन्, “गाउँ आएसँगै जाँगर बढेको छ, आफ्ना र गाउँका लागि केही नमुना काम गर्न सकिन्छ भन्ने आँट पलाएर आएकी छु।”
गाउँ पुग्ने पाहुनालाई स्वागत सत्कार तथा सांस्कृतिक कार्यक्रमको नेतृत्व अहिले उनै उर्मिलाले गर्दै आएकी छन्। गाउँबाट युवाशक्ति पलायन हुँदै जानु रगाउँमै सुविधा नहुनेले घटेको गाउँको महत्व बढाउने गरी काम गर्ने बेला आएको उनले सुनाइन्।
सुविधालाई गाउँ घरसम्मै पुर्याएर पलायन रोक्ने, बाहिरबाट गाउँ भित्र्याउने आफूहरुको योजना रहेपनि स्थानीय गाउँपालिकाले सहयोग नगरेको स्थानीयको बुझाइ छ। जबसम्म गाउँमै आवश्यकता पूरा गर्न सकिँदैन तबसम्म गाउँलेहरु सुविधा खोज्दै सहर जान खोज्नेलाई रोक्न नसकिने उनीहरुको निष्कर्ष छ।
आवश्यक जनशक्तिको अभावमा थलिन थालेको होमस्टे व्यवसाय करिब २ वर्ष त कोरोनाका कारण पूर्णरुपमा ठप्प रहेको अध्यक्ष गुरुङले बताए। पछिल्लो ६ महिनदेखि पुनः सञ्चालनमा आएको होमस्टेमा महिनाको झण्डै ३ हजारको हाराहारीमा पाहुना आएपछि उर्जा थपिएको उनले सुनाए। आजको कारोबार दैनिक