काठमाडौं। जगदम्बा कन्स्ट्रक्सनले ब्याकहो लोडरमा ‘उत्कृष्ट अफर’ को व्यवस्था गरेको छ। शंकर ग्रुप अन्तर्गतको जगदम्बा कन्स्ट्रक्सन सोलुसन प्रालिले आफ्नो कम्पनीको ब्याकहो लोडर खरिद गर्ने सेवाग्राहीका लागि विभिन्न ‘अफर’ को व्यवस्था गरेको हो।
गत मे महिनादेखि शुरु भएको अफर अन्तर्गत कम्पनीले लोडर खरिद गरी सञ्चालन गरेको २ हजार घण्टासम्मको सर्भिसिङ गर्दा लाग्ने सम्पूर्ण लुब्रिकेन्ट र फिल्टरहरु निशुल्क गर्ने व्यवस्था गरेको छ। त्यसैगरी ब्याकहो लोडरमा ‘एक्स्टेन्डेड वारेन्टि’ ३ वर्षको बनाउनुका साथै कम्पनीले मेसिन बिग्रिएको ७२ घण्टाभित्र मेन्टिनेन्स गर्ने प्रतिबद्धता समेत गरेको छ।
‘एनुअल मेन्टिनेन्स कन्ट्रयाक’ अन्तगर्त जगदम्बाले ३ वर्षसम्मको सर्भिस शुल्क नलिने भएको छ। जगदम्बा कन्ट्रक्सनले सेवाग्राहीलाई कम्पनीसँगको वित्तिय कारोबारमा सहजता प्रदान गर्ने उद्देश्यले ‘जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट प्रालि’ नामक आफ्नै ‘इन्भेस्टमेन्ट कम्पनी’ पनि सञ्चालन गरिरहेको कम्पनीका वरिष्ठ बजार अधिकृत विजय बस्नेतले जानकारी दिए।
यो कम्पनीबाट खरिद गरिएको मेसिन पुरानो भएपछि राम्रो मूल्यमा कम्पनीले पुन: खरिद गरिदिने प्रतिबद्धता समेत अफरमा उल्लेख छ। अफर अवधि आगामी जुलाइ मसान्तसम्म मात्र रहेको जानकारी दिँदै बस्नेतले अफर अवधिभित्र मेसिन खरिद गर्दा मात्र सेवाग्राहीका लागि यी सुविधा लागू हुने बताए।
बजारमा इन्धनलगायतका अधिकांश वस्तुको मूल्यवृद्धि, तरलताको अभाव, आर्थिक संकट लगायतका विभिन्न समस्या देखिइरहेका समयमा ग्राहकहरुको सहजताका लागि यस्तो अफरको व्यवस्था गरेको कम्पनीले जनाएको छ।
एकभन्दा धेरै काममा प्रयोग हुने यो ब्याकहो लोडर धेरै प्रयोग हुने र धेरै बिक्रि हुने मेसिन हो। 'केश'काे व्याकहाे लाेडरमा Fiat काे FPT S८००० माेडलकाे ९६ हर्स पावर (Hp) काे इन्जिन रहेकाे, जसले २२ सय rpm मा ४२० Nm टाेरक्यू उत्पन्न गर्छ। याे ब्याकहाे लाेडरमा प्रयाेग भएकाे फेटकाे इन्जिन विश्व प्रसिद्ध किफायती इन्जिन हाे, जस्ले अधिक शक्ति प्रदान गर्नुका साथै कम इन्धन खपत गर्ने र उत्पादकत्व बढाउने कम्पनीकाे दाबी छ। कम्पनीका अनुसार याे ब्याकहाे लाेडर प्रयाेग गर्दा इन्धन खपत कम भएपछि खर्च घट्नुका साथै आम्दानीमा पनि वृद्धि हुन्छ।
नेपालमा विगत १६ वर्षदेखि निर्माण उपकरणहरु बिक्रिवितरण गर्दै आएको शंकर ग्रुप अन्तर्गतको जगदम्बा कन्स्ट्रक्सन सोलुसनले भित्र्याएको ‘क्याश कन्स्ट्रक्सन इक्युपमेन्ट’ एक अमेरिकी ब्राण्ड हो जसको १८० वर्ष लामो इतिहास छ।
यस कम्पनीको हाल भारतको पितामपुरमा रहेको प्लान्टबाट मेसिन उत्पादन भइ नेपालमा आउँछ। यस कम्पनीको मेसिन हालसम्म नेपालमा २ हजार भन्दा बढी बिक्री भइसकेको र अधिकांश ग्राहकमा सन्तुष्टि देखिएको कम्पनीका बजार अधिकृत बस्नेतले बताए।
जगदम्बाले मोटर ग्रेडर, कम्प्याक्टर, ब्याकहो लोडर, स्किड स्टिर, हाल भर्खरै भित्र्याएकाे एस्काभेटर लगायतका हेवी इक्युप्मेन्टहरुको बिक्री वितरण, सर्भिस, स्पेयर पार्टस तथा बिक्रि पछिका सम्पूर्ण सेवा र मर्मत सम्भार गर्दै आएको छ।