तेहरान। इरानले युरोपमा ग्यास निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको जनाएको छ। युक्रेनमा रूस र यूक्रेनबीच भएको युद्धका कारण ऊर्जाको मूल्य वृद्धि भएको पृष्ठभूमिमा आइतबार तेल मन्त्रालयका एक अधिकारीले ग्यास निर्यात गर्ने सम्भावनाबारे छलफल भइरहेको जनाए।
इरानको राज्य सञ्चालित समाचार संस्था शानाले मन्त्रालयका इन्धनमामिला उप–मन्त्री माजिद चेगेनीलाई उद्धृत गर्दै भनेका छ, ‘इरानले यो विषयमा अध्ययन गरिरहेको छ तर हामी अहिलेसम्म निष्कर्षमा पुगेका छैनौँ।’
उनका अनुसार इरान सधैँ ऊर्जा कूटनीतिको विकास र बजारको विस्तारको सम्भावनामाथि जोड दिन्छ। यद्यपि इरान विश्वकै सबैभन्दा ठूलो प्रमाणित ग्यास भण्डारमध्ये एक हो, यसको उद्योग अमेरिकी प्रतिबन्धद्वारा प्रभावित भएको छ जुन सन् २०१८ मा वासिङ्टन तेहरान र विश्वशक्ति राष्ट्रहरूबीचको ऐतिहासिक आणविक सम्झौताबाट हटेपछि पुनः लागू गरिएको थियो।
सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्ने उद्देश्यले वार्ता गत वर्ष भियनामा सुरु भएको थियो तर उल्लेखनीय विषयहरूमा हुनुपर्ने उक्त वार्ता हप्तौंदेखि रोकिएको छ। फेब्रुअरीमा रूसद्वारा युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी तेल र ग्यासको मूल्य बढेको छ। धेरै युरोपेली देशहरू रूसबाट ऊर्जा आयातमा निर्भर छन्। कीभले यूक्रेनको पूर्वमा रहेको प्रमुख ट्रान्जिट हबमार्फत रुसले ग्यास आपूर्ति रोकेको बताएको छ। यसले गर्दा मस्कोको आक्रमणले यूरोपमा ऊर्जा संकट झनै खराब हुनसक्ने आशंका उत्पन्न भएको छ।
गत वर्ष युरोपेली संघले लगभग एक खर्ब ५५ अर्ब घनमिटर रूसी ग्यास प्राप्त गरेको थियो र यो आयातको ४५ प्रतिशत हिस्सा हो। इरानका उपतेलमन्त्रीले पनि तेहरान र बगदादले केही हप्ताअघि समझदारी पत्रमा हस्ताक्षर गरेको कुरा पुष्टि गर्दै इस्लामिक गणतन्त्र इरानले इराकमा ग्याँस निर्यात बढाएको देख्न पनि बताए।
धेरै ग्यास भण्डारको बाबजुद दशकौँको युद्ध र प्रतिबन्धको कारण तथा लगानी गर्ने अवस्था कमजोर बन्दा इराक आफ्नो पूर्वी छिमेकीबाट आयातमा निर्भर बन्ने गरेको छ। तथापि, इरानी तेल र ग्याँसमाथि अमेरिकी प्रतिबन्धले आयातका लागि इराकको भुक्तानीजटिल बनाएको छ।
बग्दादले इरानमा अमेरिकी प्रतिबन्धबाट छुट पालन गर्न जटिल भुक्तानी विधिको प्रयोग गर्छ। खाद्य तथा औषधिहरूको आयातलाई वित्त पोषण गर्न भुक्तानी प्रयोग गर्नुपर्ने भएकोले इराकलाई केवल इरानलाई नगद हस्तान्तरण गर्न अनुमति दिइएको छैन। आजको दनेपालटपबाट