काठमाडौं। देशको विभिन्न जिल्लामा पहिचान भएको ४६ जलविद्युत आयोजनाको अध्ययन पूरा भएको छ। साढे ३ हजार मेगावाट बढीका जलविद्युत आयोजनाको अध्ययन पूरा भएको छ हो।
विद्युत विकास विभागका अनुसार अध्ययन पूरा भएको आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् । सरकारी तथा निजी ऊर्जा उत्पादकले ३ हजार ६ सय ७९ मेगावाट विद्युत उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएका हुन् ।
०.४८५ मेगावाट क्षमतादेखि ८२८ मेगावाट क्षमतासम्मका आयोजनाले उत्पादन अनुमति मागेको विभागले जनाएको छ । विभागका अनुसार सबैभन्दा ठूलो ८२८ मेगावाटको उत्तर गंगा जलविद्युत आयोजना रहेको छ ।
यो आयोजना नेपाल विद्युत प्राधिकरणले अध्ययन पू्रा गरी उत्पादन अनुमतिका लागि २०७६ असार १७ गते विभागमा आवेदन दिएको थियो । बागलुङमा अध्ययन सकिएको आयोजनाले आवेदन दिएको करिब ३ वर्षमा पनि निर्माण अनुमति पाएको छैन् ।
यस्तै, १३० मेगावाटको बुढी गण्डकीले आवेदन दिएको ९ वर्षसम्म पनि अनुमति नपाएको विभागको वेपसाइटमा उल्लेख छ । नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीले यो गोर्खामा अध्ययन सम्पन्न गरी २०७० असार १६ गते उत्पादन अनुमतिका लागि आवेदन दिएको थियो ।
१३२ मेगावाटको तल्लो बरुणले पनि उत्पादन अनुमतिका लागि आवेदन दिएको करिब ३ वर्ष भइसकेको छ । अम्पिक इनर्जी प्रालिले संखुवासभामा अध्ययन पूरा गरी २०७६ जेठ २३ गते आवेदन दिएको थियो ।
३४१ मेगावाटका बुढीगण्डकी, १८० मेगावाटको आधीखोला स्टोरेज, ३१० मेगावाटको लाङटाङ खोला, १६६ मेगावाटको सु्पर तमोर, १६६ मेगावाटको दुधकोसी–९ लगायतका आयोजनाले उत्पादन अनुमतिका लागि आवेदन दिएका छन् । आवेदन दिएका आयोजनामध्ये केही आयोजनालाई उत्पादन अनुमति दिने अन्तिम तयारी भइरहेको विभागले जनाएको छ ।