काठमाडौं। देशका विभिन्न जिल्लामा पहिचान भएका १०५८.९ मेगावाटका ३० सौर्य आयोजनाले अध्ययन अनुमति पाएका छन्। विद्युत विकास विभागका अनुसार हालसम्म १ मेगावाटदेखि ३०० मेगावाट सम्मको सौर्य आयोजनालाई अनुमति दिइएको छ ।
सबैभन्दा ठूलो ३०० मेगावाट एसपिभी सौर्य आयोजना रहेको छ। यो आयोजना झापा जिटी इनर्जीले २०७८ चैत ५ गते अनुमति लिई अध्ययन गरिरहेको छ। आयोजनाको अध्ययन आगामी १ वर्षमा पूरा गर्नुपर्नेछ ।
यही कम्पनीले २०० मेगावाटको नेपालगञ्ज एसभिपी सौर्य आयोजनाको अध्ययन गरिरहेको छ। विभागबाट २०७८ चैत ५ गते अनुमति लिइ अध्ययन सुरु गरेको कम्पनीले आगमी १ वर्षमा पूरा गर्नुपर्नेछ ।
यस्तै २५० मेगावाटको ग्रीड कनेक्टेड सौर्य आयोजनाको अध्ययन रिसेन क्लिन इनर्जी नेपालले गरिरहेको छ । विभागबाट २०७८ असोज ७ गते अनुमति लिएको कम्पनीले १ वर्ष भित्र पूरा गर्नु पर्ने विभागले जनाएको छ।
यस्तै १ सय मेगावाटको बानगहा, ५ मेगावाटको भद्रापुर, १ मेगावाटको ग्रीड कनेक्टेड, १० मेगावाटको लमाही ग्रीड कनेक्टेड, १० मेगावाटको लमाही–१ ग्रीड कनेक्टेड, ५ मेगावाटको बर्दिया ग्रीड कनेक्टेड, ३ मेगावाटको कालीखोलाले अध्ययन अनुमति पाएको छ।
७ मेगावाटको वीरगञ्ज, ५ मेगावाटको मिथिला, ७ मेगावाटको जीरा भवानी, १० मेगावटको प्रतापुर, १० मेगावटको बेलबारी, ५ मेगावाटको टेक समुन्द्र, ८ मेगावाटको परवानीपुर, १० मेगावाटको उदयपुर, ७ मेगावाटको झिमरुक, १० मेगावाटको सोनाहा सौर्य आयोजनाको अध्ययन भइरहेको छ।
१० मेगावाटको लाहान, १० मेगावाटको लालबन्दी, १० मेगावाटको सोलुदुधकुना, ७ मेगावाटको कालीखोला–ए, १५ मेगावाटको धारामनगर, १० मेगावाटको सोलार पिभी प्लान्ट ब्लक–२, १० मेगावाटको सोलार पिभी प्लान्ट ब्लक–१, १० मेगाजाटको अम्रावती पार्ट–१, १० मेगावाटको अम्रावती पार्ट –२ र ३ मेगावाटको गमी सोलार इनर्जीले अध्ययन अनुमति दिई आयोजनाको काम अघि बढाएका छन्।