काठमाडौं। कांग्रेस महामन्त्री गगन थापाले पेट्रोलिय ऐन बनाउन प्रस्ताव गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संसद चलिरहेका बेला अहिले पेट्रोलियम ऐन ल्याउन आग्रह गरेका हुन् ।
पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार, प्रदूषण, भन्सार, सडक मर्मतजस्ता कर घटाएर भए पनि मूल्यवृद्धि नियन्त्रण गरेर जनतालाई राहत दिनुपर्ने भन्दै उनले पेट्रोलियम पदार्थको भण्डारणको क्षमता पनि बढाउनुपर्ने बताए ।
साथै इन्धनको कच्चा पदार्थ ल्याएर रिफाइन गर्न सकिन्छ कि भन्ने विषयमा पनि अध्ययन गर्नुपर्ने भन्दै उनले आजबाटै देशलाई पेट्रोलियम पदार्थमुक्त बनाउने गरी काम थाल्नुपर्ने बताए ।
त्यस्तै एमाले सांसद भीम रावलले पेट्रोलियम पदार्थमा भारतसँगको एकाधिकार तोड्नुपर्ने बताएका छन् ।
‘पञ्चायत कालमा पनि खुला बजारबाट बाहिरी देशबाट बच्चा तेल ल्याएर, भारतमा प्रशोधन गरेर नेपालमा सहउत्पादन गरी उपयोग गर्ने गरिएको थियो,’ उनले भने, ‘तत्कालै खृुला बजारबाट कहाँ सस्तो पाइन्छ तेल, त्यो ल्याउनका लागि एउटा देशमाथि निर्भरता होइन, त्यतातर्फ सरकारले तुरुन्तै पाइला चालोस् ।
दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको कार्य अघि बढाउनुपर्ने भन्दै उनले अनावश्यक बाह्य मूल्यका चाप नियन्त्रण गर्न अन्तर्राष्ट्रिय कानुनअनुसार सिमानाको नियमन गर्नुपर्ने बताए ।
न्युज कारखाना