काठमाडौं। बाजुरामा खानेपानीको समस्या भएको छ। बाढीपहिरोको कारण मुहान सुक्खा भएपछि अहिले त्यहाँका स्थानीयहरुलाई खानेपानीको हाहार भएको हो।
गत जेठ , असार र साउनमा आएको अविरल वर्षाका कारण खानेपानीको मुहानमा पहिरो जाँदा ती मुहान अहिले सुक्दै गएका छन्।
गर्त वर्ष आएको बाढीपहिरोले बडिमालिका नगरपालिका घाँगर, रिला, र बूढीगङ्गा नगरपालिका –१ को कुँडी, अम्कोट– २ को बह्रमतोला, धाँनमुहा, जमालवाडा , खस्रेखेत लगायतका स्थानीयले उपभोग गर्दै आएको खानेपानीको मुहान सुकेपछि अहिले त्यहाँका स्थानीयलाई खानेपानीको निकै हाहाकार भएको हो।
गाउँभन्दा झण्डै एक किलोमिटर टाढाबाट बह्र्रतोलाबासीका लागि ल्याएको खानेपानीको पाइप बाढीले बगाउनुका साथै अहिले त्यो मुहान समेत सुक्खा भएपछि गाउँमा पानीको अभाव भएको बूढीगङ्गा नगरपालिकाले जनाएको छ।
२०७८ साल साउन ६ गते राती आएको अविरल वर्षातका कारण ठाडाखोला खानेपानीको मुहानमा गएको पहिरोले इन्टेक, पाइप सबै बगाएपछि त्यो समस्या आउन थालेको हो।
उक्त योजनाले बह्रमतोलाका धानमुहाँ, खर्सेखेत, जमालबाडा लगायतका झण्डै सयौँ भन्दाबढी घरपरिवारलाई खानेपानीको सहज बनाएको थियो। २०५७ सालमा ठाडाखोला खानेपानी निमार्णकार्यका लागि जिल्ला खानेपानी कार्यालयबाट सात लाख बराबरको रकम विनियोजन गर्दा सात वटा धारा निर्माण गरेका थिए।