काठमाडौं। निर्माण व्यवसायीलाई कन्स्ट्रक्सन म्यानेजमेन्ट तालिम दिईने भएको छ। यहि जेठ २९ र ३० गते कन्स्ट्रक्सन म्यानेजमेन्ट तालिम दिईने भएको हो।
उक्त तालिम नेपाल निर्माण व्यवसायी महासंघ सचिवालय, अनामनगर, काठमाडौंमा हुने भएको छ। सो कार्यक्रममा कम्तीमा ४० जना निर्माण व्यवसायी सहभागी हुने महासंघले जनाएको छ। महासंघका अनुसार कन्स्ट्रक्सन म्यानेजमेन्ट सम्बन्धी तालिम कार्यक्रम सार्वजानिक खरिद अनुगमन कार्यालय र अन्य क्षेत्रगत विषयहरुबाट सञ्चालन गर्ने भएको छ।
उक्त तालिममा सञ्चालक, ईन्जिनियर वा साईट ईन्चार्ज स्तरीय व्यक्तिको मात्र सहभागीता हुन पाउने गरी सञ्चालन गर्न लागिएको हो। सो तालिममा सहभागी हुन ईच्छुक सहभागीहरुको नाम, फर्म/कम्पनीको नाम, सम्पर्क नम्बर, ईमेलको ठेगाना सहित यहि मिति २०७९/२/२७ गते भित्र महासंघ सचिवालयमा लिखित रुपमा उपलबध गराई सक्नुपर्ने छ।
यसका साथै उक्त तालिम "फस्ट कम फस्ट प्रायोरीटी" को आधारमा हुने भएकोले समयमै आफ्नो सिट सुरक्षीत राख्न महासंघले अनुरोध गरेको छ। सहभागीताको कोटा सङख्या पुगेको खण्डमा र यो वर्ष उक्त विषयको तालिममा सहभागी भईसकेका सहभागीहरुलाई सो निर्धारित तालिममा सहभागी गराउन नसक्ने महासंघले जनाएको छ।
निर्माण व्यवसाय निरुत्साहित बन्दै गएको अवस्थामा नेपाल निर्माण व्यवसायी महासंघले गर्दै आएको यस्ता गतिविधिले निर्माण व्यवसायीहरुलाई उत्साह, जोस र जागर थपिदै आएको छ। नेपाल निर्माण व्यवसायी महासंघले गत जेठ ९ र १० गते पनि कन्स्ट्रक्सन तालिम दिएको थियो। जहाँ ३१ जना निर्माण व्यवसायीको उपस्थिति रहेको थियो। यस्ता खालका तालिमहरु अब नियमित सञ्चालन गर्ने महासंघले जनाएको छ।