जनकपुर-भारतले ७२ किलोमिटर जयनगर-बर्दिवास ब्रोडगेज रेलवे ९ अर्ब लगानिमा सुरुवात गरेको थियो जुन अहिले ३६ किलोमिटर ब्रोडगेज निर्माण कार्य पुरा भईसको र बाकि काम भइरहेको छ ।
निमार्ण भईसकेको लिकमा रेल सेवा विस्तारको लागि नेपाल सरकारले ८६ करोडमा दुई सेट रेल खरिद गरिसकेको भएता पनि अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन् । नेपाल रेलवे कम्पनी लिमिटेडका नवनियुक्त महाप्रबन्धक झाका अनुसार, रेलसेवा सम्बन्धि कानुन व्यवस्था निर्माण नहुनु र प्राविधिक कर्मचारीको समस्याको कारण रेलको विस्तार हुन नसकेको हो । प्राविधिक जनशक्तिको अभावको कारणले गर्दा भारतिय कम्पनिसँगको सम्झौता पैसा नतिरेको हुनाले रद्द हुने अवथामा छ ।
एक वर्षको प्राविधिक सेवा लिने सम्झौताको साथ नेपाल रेलवे कम्पनीले भारतिय कम्पनीसँग २२ करोड भारतिय रुपैयामा दुई सेट रेल खरीद गरेको थियो । रेलवे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईका अनुसार, कोंकन कम्पनीले रेलवेका प्राविधिक, चालक, मेन्टिनेन्स जनशक्ति लगायत भेकल खरिद, मर्मत संभारका सामान साथै ट्रलि र प्राविधिक तालिम पनि उपलब्ध गराउने सम्झौता भएको थियो ।
कोंकन कम्पनीले रेलसेवा विस्तार नभएता पनि २० प्रतिशत रकम अग्रिम भुक्तानी गर्न पटक पटक पत्र लेखेको साथै भुक्तानी नभएमा सम्झौता भंग गर्ने चेतावनि पनि दिएको छ ।महाप्रबन्धक झाका अनुसार, कोंकन कम्पनीसँग सम्झौता भंग भएमा अरु भारतिय रेलवे कम्पनीहरु नआउने हुदा रेलवे सञ्चालन कार्य अझ ढिलाई हुन्छ, त्यसैले कोंकणको सम्झौता अनुसार भारतीय मुद्रा भुक्तानीको लागि राष्ट्रबैंकसँग सहमतिको प्रक्रिया अघि बढाएको छ ।
करिब ५ अर्ब ५० करोड रुपैया भारतको इस्कन कम्पनिले ब्रोडगेज र अन्य रेलवेको भौतिक संरचनाको लागि खर्च गरेको छ र यसले ब्रोडगृज रेलवे लिकं, कर्मचारीको आवास, प्लेटफर्म र रेलवे स्टेशनको भौतिक संरचना टेकओभर गर्न दवाव पनि दिइरहेको छ ।
महाप्रबन्धक भट्टराईको अनुसार, ज्यालादारीमा काम गर्ने १ सय ३५ जना कर्मचारीलाई हालसम्म ३५ लाख पारीश्रमिक दिसकेको र बिना काममा ज्याला दिनुपर्ने अवस्था भएको कारणले कर्मचारीहरुलाई हटाइएको छ ।
नेपाल रेलवे कम्पनी रेल चल्नु अगावै ऋणमा नराम्ररि डुविसकेको छ जसले गर्दा पनि विना काम तलव दिन नसक्ने अवस्था भएको कारणले गर्दा कर्मचारी हटाइएको हो । नेपाल रेलवे कम्पनीले नेपाल सरकारबाट लिएको २० करोड ऋण मध्ये २ करोड कर्मचारीको तलव र कार्यलयको सेटअप फर्निसिङ, कम्प्युटर खरिद, सफ्टवेर निर्माण कार्यमा खर्च भयो भने बाकि रहेको १८ करोड कम्पनिकै खातामा रहेको कुरा महाप्रबन्धक भट्टराइले बताए ।
नेपालको रेलवे कम्पनी रेल चल्नु अघि नै ५५ करोड २० लाख ऋणको भारमा छ भने रेल चलेमा सम्झौता अनुसार भारतीय कमपनीलाई पैसा पनि तिर्नुपर्ने हुदा रेल चलेर त्यसबाट कमाई हुन जरुरी छ तर रेल कहिले चल्ने र त्यसबाट कमाईगरी ऋण तिर्ने भन्ने कुराको जवाफ कसैसँग पनि छैन ।