गलेश्वर। पश्चिम म्याग्दीको मालिका–२ रुम गाउँमा सडकको सुविधा पुगेको छ। पछिल्लो पाँच वर्षको समय अवधिमा रुम गाउँमा सडक पुगेको हो।
पाँच वर्षअघिसम्म बिरामी पर्दा अप्ठ्यारो बाटोमा स्ट्रेचरमा बोकेर उपचारका लागि दरबाङ हुँदै सदरमुकाम बेनी, पोखरा तथा काठमाडौँ जानुथ्र्यो अहिले गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने रोगका लागि एम्बुलेन्स वा गाडीमा बसेर सहरका सुविधायुक्त अस्पतालमा जान पाईएको स्थानीयले बताए।
उक्त पाँच वर्षको अवधिमा रुमका अधिकांश बस्तीमा सडक, शिक्षा, स्वास्थ्य र खानेपानीमा पहुँच विस्तार भएको छ।
स्थानीय सरकार, प्रदेश र सङ्घ सरकारबाट बजेट भित्रिन थालेपछि गाउँको विकासको ढोका खुलेको छ। गाउँमा पुग्न दरबाङदेखि मुख्य सडकसँगै अभिारादेखि अरु सातवटा सडक खुलेका छन्।
पाँच वर्ष पहिला गाउँमा सडक पुगेको थिएन। गाडी भेट्न पैदल हिँडेर दरबाङ बजार झर्नुपथ्र्यो। दैनिक उपभोग्य वस्तुलगायतका सामग्री खच्चडलाई बोकाएर गाउँमा ल्याउनुपथ्र्यो।
घर आँगनबाटै रुमवासी मोटर चढेर पालिका केन्द्र दरबाङ र बेनीसम्म पुग्ने सुविधा पाएका छन्। स्थानीय तहमा जनप्रतिनिधि आएसँगै यो पाँच वर्षको अवधिमा रुमका सबै बस्तीमा सडक पुगेको बताईएको छ।
पाँच वर्षमा अधिभरादेखि रुम गाउँ आउने मुख्य सडकका साथै आठवटा अन्य सडक निर्माण भएको उनले बताए। गाउँका सबै बस्तीमा सडक पहुँच विस्तार भएको छ। सडक स्तरोन्नति र सडक पुलको व्यवस्था मिलाउन सके रुम गाउँमा बाह्रै महिना यातायात सञ्चालन गर्न सहज हुने उनले बताए।
गाउँमा सडक पुगेपछि दैनिक उपभोग्य वस्तु ढुवानी मूल्य आधाले घटेकाले सुलभ दरमा गाउँमै दैनिक उपभोग्य वस्तु पाउन थालेको बताए।