पोखारा । आइतबार राति परेको भिषण बर्षा पछिको बाढीले गर्दा पोखराको महेन्द्रपुलस्थित सडकमा ठुलो भ्वाङपरेको छ । बाढीको कारणले सडकमात्र नभई फुटपाथ समेत भासिने समस्या देखा परेको छ । बाढीले ल्याएको यो समस्याको कारणले आसपास बसोबास गर्ने बासिन्दाहरु चिन्तित छन् ।
यसरी पोखरामा बाढीले जमिन भासिने घटना धेरै हुने गरेको छ । यहाँ हरेक वर्ष कुनै न कुनै ठाउमा जमिन भासीरहेको हुन्छ । ठुलो बर्षा भएको बेलामा सडकमा बग्ने पानि खोला झैँ देखिन्छ । यसैको कारणले प्रतेक वर्षजसो सडक भासिन थालेपछि आवतजावतमा समस्या मात्र नभई स्थानीय बासि त्रासमा परेका छन् । सडकको किनारमा परेको भ्वाङले नजिकको घराहरुपानी जोखिममा पर्ने बिज्ञहरु बताउछन ।
पोखरामा आइतबार साँझ ६ बजेदेखि करिब १४ घण्टाको समयमा २ सय ६० मिलिलिटर बर्षा भएको जल तथा मौसम बिज्ञान कार्यालय पोखराका मौसम सहायक सरोज अधिकारीले बताए । यस्तो अविरल बर्षाले गर्दा पोखरा सहरभरि नै बाढी आयको उनको भनाइ छ । यस वर्ष मनसुनको कारणले गर्दा छोटो समयमानै भएको बर्षा यो वर्षकै सबैभन्दा बढी हो । मंगलबार सम्म पनि भिषण बर्षाको सम्भाबना रहेको उनले बताए ।
त्यहाँ पहिलापनी बेलाबेलामा जमिन भ्वाङ पर्थो तर यस बर्ष भने छ्यती बढी भएको पो.मा.न.पा. प्रबिधिकहरु बताउछन । रातभरी परेको बर्षाले गर्दा आएको भेलले खोतल्दै गइ झन् ठुलो भ्वाङ परेको हो ।
खानेपानी बिस्तार गर्ने क्रममा पाइप बिछ्याउदा त्यो छ्यत्रमा खनियको थियो तर दोहोरो पार्किंगको कारणले ढलान हुन बाँकी रहेको थियो ।
त्यहाँको माटो कमजोर भएको कारणले उक्त समस्या आइपरेको पोखारा मा.न.पा. का सबइन्जिनियर नेत्र तिमल्सिनाले बताए । खाडलको समस्या समाधान गर्न महानगर , खानेपानी संस्थान , सडक बिभाग लगायत निकायको सहकार्य भैरहेको छ ।
भूगर्भविद पनि छोटो समयमा आयको भिषण बर्षा पछिको बाढीले खोतल्दा खाडल पर्ने गरेको बताउछन् । कमजोर भू-बनोटले गर्दा नै यो समस्या आयको उनको भनाइ छ । ब्यबस्थित तरिकाले ढल निकास गरियको भए उक्त समस्या नआउन सक्थ्यो भनि उनले भनेका छन्