काठमाडौं। बागममी प्रदेश सरकारले काभ्रेपलाञ्चोकमा चार योजनालाई प्राथमिकतामा राखेको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा जिल्लामा चार योजना समावेश गरिएको हो ।
बजेटमा बीउ उत्पादनका लागि पकेट क्षेत्र स्थापना गर्न काभ्रेपलाञ्चोकसहित चितवन, मकवानपुर र धादिङका लागि पाँच करोड विनियोजन गरिएको छ ।
यस्तै छिमेकी सिन्धुपाल्चोक, रोमछाप र दोलखालाई लक्ष्य गरी काभ्रेपलाञ्चोकमा एम्बुलेन्स डिस्प्याच सेन्टर स्थापना गरिने भएको छ। यसका लागि भने बजेट परिमाण उल्लेख गरिएको छैन।
प्रस्तुत बजेटमा संयुक्त योजनामा समावेश भएका अलावा मण्डनदेउपुर नगरमा शीतभण्डारसहितको कृषि बजार स्थापना गरिने उल्लेख गरिए पनि बजेट भने उल्लेख गरिएको छैन।
कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकीकरण, औद्योगीकरण र व्यवसायिकीकरण गरी रुपान्तरण गर्न कृषि तथा पशुपक्षीपालनमा संलग्न किसान, व्यवसायी र सहकारीलाई प्रोत्साहन र बजारको पहुँच सहजीकण गर्न जोड दिइएको प्रस्तुत बजेटमा उल्लेख छ।
त्यस्तै, दूध उत्पादनमा अग्रणी यस जिल्लामा ‘मिनी दुग्ध पाउडर प्लान्ट’ स्थापना गर्ने जनाइएको छ । यस योजनामा पनि बजेट उल्लेख गरिएको छैन । मन्त्री जम्कट्टेलले बुधबार आव २०७९र८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख बजेट सार्वजनिक गरेका हुन् । बजेट वक्तव्यमा उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गरिएको छ।