काठमाडौं। आन्तरिक राजस्व कार्यालयल, कोटश्वरले कर नतिर्ने निर्माण कम्पनी सहित ५८ कम्पनीको नाम सार्वजानिक गरेको छ। कार्यालयले शनिबार सुचना जारी गरी निर्माण कम्पनी सहित कर रकम दाखिला गर्न बाकी ५८ कम्पनीको नाम सार्वजानिक गरेको हो।
कार्यालयले नाम सार्वजानिक गरेका कम्पनीले कर नतिरेको, कर तिर्नका लागि सम्पर्क गरेकोमा सम्पर्कमा नआएको, विभिन्न समयमा कर तिर्नका लागि पत्राचार, टेलिफोन सम्पर्क गर्दा पनि हाल सम्म कर नतिरेको सूचनामा उल्लेख गरिएको छ।
आन्तरिक राजस्व कार्यालयल, कोटश्वरले प्रकाशन गरेको सूचनामा त्रिनेत्र साकार कन्स्ट्रक्सन प्रा.लि, धिताल निर्माण सेवा, अमिगोस सप्लायर्स प्रा.लि, आहाना कन्स्ट्रक्सन प्रा.लि, ग्लोबल स्टार कन्स्ट्रक्सन प्रा.लि, लिखु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि, ईष्ट वेष्ट निर्माण सेवा प्रा.लि, राजभण्डारी कन्स्ट्रक्सन कम्पनी नेपाल, पर्वतीय कनस्ट्रक्सन प्रा.लि लगाएतका निर्माण कम्पनीको नाम समेत सार्वजानि गरिएको छ।
उक्त कार्यालयले यी कम्पनीहरुलाई सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र सम्पर्कमा आएर कर रकम दाखिला गर्न वा दाखिला गरेको प्रमाण पेस गर्न अनुरोध समेत गरेको छ। सूचना प्रकाशित भएको १५ दिनसम्म पनि कर दाखिला नभए कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने आन्तरिक राजस्व कार्यालयले चेतावनी समेत दिएको छ।