जनकपुरधाम।‘भारत गौरव पर्यटक रेल’ भोलि (बिहीबार) जनकपुरधाम आउने भएको छ। भारतीय पर्यटक बोकेर मंगलबार नयाँ दिल्लीबाटबाट हिँडेको रेल बिहीबार जनकपुरधाम आइपुग्ने भएको हो।
रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दी ग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने बताइएको छ।
भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक आउन लागेको र उनीहरुले जनकपुरधामका विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने कार्यक्रम छ । रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइने भारतीय राजदूतावासले जनाएको छ।