डडेल्धुरा। डडेल्धुराका स्थानीय तहमा बन्ने अस्पताल निर्माणमा ठेकेदारले ढिलासुस्ती गरिरहेका छन्। जिल्लाका ३ स्थानीय तहमध्ये अजयमेरु गाउँपालिका र आलिताल गाउँपालिकामा सम्झौता भएको एक वर्ष भन्दा बढी हुदाँसम्म ठेकेदारले ५ देखी ७ प्रतिशत मात्र काम सकेका छन्। जनताको जिवनसँग प्रत्यक्ष जोडिएको अस्पताल निमार्णमा ढिलासुस्ती हुदाँ स्थानीय आक्रोशित छन्।
स्वास्थ्य सेवा गाउँपालिकाबाटै दिने उद्देश्यले निमार्ण सुरु भएका डडेल्धुराका अस्पतालहरुको अवस्था चिन्ताजनक छ। जिल्लाका ३ स्थानीय तहमा निमार्ण सुरु भएका अस्पताल ठेकेदारको ढिलासुस्तीले ५ देखी ७ प्रतिशत काम मात्र सम्पन्न भएको पालिकाहरुले बताएका छन्।
भित्रि मधेशमा पर्ने आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक बन्न लागेको १० शय्याको अस्पतालको ५ प्रतिशत, अजयमेरु गाउँपालिको भद्रपुरमा बन्न लागेको अस्पतालको ७ प्रतिशत र नवदुर्गा गाउँपालिको डाडाँवनमा निमार्ण भइरहेको १५ शय्याको अस्पतालको ७ प्रतिशत काम भएको छ।
२०८७ जेठ महिनामा २ वर्षमा सक्ने गरी ठेकेदार कम्पनी राजेन्द्र निर्माण सेवा प्रालिले सम्झैता गरेको थियो। तर अब १ वर्ष बाँकी रहँदा निमार्ण समयमै सकिनेमा स्थानीय विस्वस्त छैन्। अस्पताल छिटो निर्माण गर्नुपर्ने भन्दै स्थानीय आक्रोशीत छन्।
स्थानीय शिद्धराज पोण्डले भने, ‘अस्पताल जस्तो विषय निमार्णमा ढिला नगर्नु हाम्रो स्वास्थ्यमाथि पनि खलेवाड जस्तै हो, छिटो अस्पताल बन्नु पर्छ। हामीले नजिकै सेवा पाउनु पर्छ।’
स्वाथ्य चौकीमा संभव नहुने उपचार अहिले स्थानीय तहबाट डडेल्धुरा रेफर हुने गरेका छन्। डडेल्धुरा आउने समय र पैसा पालिकामै अस्पताल खुले बचत हुने स्थानी टेकराज पडालको भनाई छ। उनले भने, ‘स्वास्थ्य चौकीले डडेल्धुरा अस्पताल पठाउँछ गाडी भाडा समेत नभएकाले रोग लुकाएर बसेका छन्। सदरमुकाम जाने समय नै हुदैन्।’
संघीय सरकारको बजेटबाट ३ वटै अस्पताल निर्माणका लागि परशुराम नगरपालिकाका निर्वतमान मेयर तथा काग्रेस जिल्ला सभापती भीमबहादुर साउँदले ठेक्का पाएका हुन्। उनको कम्पनीलाई स्थानीय तहहरुले पटक पटक कामको विवरण तथा कार्ययोजना माग्दा पनि चासो दिएका छैनन्।
समयमै काम सम्पन्न तथा कार्ययोजना बारे पालिकाकालाई जानकारी गराउन अजयमेरु गाउँपालिकाले निमार्ण कम्पनीलाई ३ वटा पत्र पठाएको अजयमेरु गाउँपालिका डडेल्धुराका प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटाले बताए। उनले भने, ‘हामीले फिल्डमा अनुगमन गर्दा ७ प्रतिशत जती काम भएको छ ठेकेदार कम्पनीलाई कार्ययोजना पेश गर्ने पत्र काटेका छौँ।’
नवदुर्गा गाउँपालिकामा निमार्ण हुने १५ शय्याको अस्पतालको हालत पनि उस्तै छ। पिलर गाड्नलाई केही खाल्डा खनिएका छन् जमीन समथर बनाइएको छु, प्रमुख प्रशासकीय अधिकृत शिद्धराज शार्माले भने, ‘काम निकै सुस्त छ। ठेकेदार कम्पनीसँग लिखित मौखीक कुरा भइरहेको छ।
निमार्ण कम्पनीले ३९ दशमलव ५ प्रतिशत घटेर ठेक्का हात पारेको थियो। तर अहिले मृल्यवृद्धी भएपछि समस्या भएको छ। राजेन्द्र निर्माण सेवाका इन्जिनियर रोशन भट्टले ठेक्का परेको एकवर्ष भएता पनि सरकारसँग कागजी प्रक्रियामा भएको ढिलासुस्तीका कारण निर्माणको काम ढिलो भएको दाबी गरे। असार मसान्तमा केही प्रतिशत बजेट भुक्तानी लिन कामदारहरुलाई कम्पनीले फिल्डमा खटाएको छ। राजेन्द्र निर्माण सेवाले सुदुरपश्चिमका मात्र नभई देशभरका अधिकांश योजनामा ढिलास्ती गरेको पाइएको छ। स्वास्थ्य खबर