काठमाडौं। पिपुल्स पावर लिमिटेडको साधारण शेयर (आईपीओ) मा आवेदन दिने समय थप गरिएको छ। लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साधारण शेयर निष्कासन गरेको आईपीओमा आवेदन दिने समय साउन ५ गतेसम्म थप भएको हो।
कम्पनीले आफ्नो जारी पूँजी रू.६३ करोड २६ लाखको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६ लाख ३२ हजार ६०० कित्ता शेयर असार ८ गतेदेखि निष्कासन गरेको हो ।
सोमध्ये कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा नं १ र ४ स्थित अति प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता शेयर बाँडफाँट गर्नेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा आवेदकले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलामशाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइमकमर्सियल बैंकको राँके, मंगलबारे, वितौले, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ ।