काठमाडौं। प्रदेशक १ का धनकुटा, तेह«थुम, संखुवासभा र ताप्लेजुङ जिल्लाका जनप्रतिनिधि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ मुन्धुमी पदमार्गको अवधारणमा चासो देखाएका छन्। तेह«थुम जिल्लाको लालीगुराँस नगरपालिकाको आयोजनामा भएको पर्यटन प्रवद्र्धनका लाथि चोःलुङ–मेन्छ्यायेम–असाङलुङ–सेमसेमलुङ– फक्ताङलुङ मुन्धुमी पदमार्ग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विभिन्न जिल्लाका जनप्रतिनिधिले चासो देखाएका हुन्।
पर्यटन तथा संस्कृति मन्त्री खिनु लङवाले पदमार्गको सम्भाव्यता अध्ययन गर्न आवश्यक रहेको बताइन्। पदमार्गको वातारणीय अध्ययन र डीपीआर निर्माण गरी पदमार्ग क्षेत्रमा होमस्टेको अवस्थाका साथै पर्यटकलाई व्बासस्थानका लागि चाहिने भौतिक पूर्वाधार विकास गर्न योजना तर्जुमा गर्नुपर्ने मन्त्री लङवाको भनाइ छ।
पदमार्ग पर्यटकीय गन्तव्य मात्र नभई मुन्धुमी पद भएको मैयाखोला गाउँपालिका ताप्लेजुङका उपाध्यक्ष कमलकुमारी लिम्बुले बताइन्। गुराँसको राजधानी भनिएको क्षेत्रमा २८ प्रजातीका गुरासँको अध्यायन गर्नुपर्ने बताइन्। चोःलुङ पार्कसँगै धनकुटा जिल्लाको पटेक डाँडालाई मुन्धुमी पदमार्गमा समावेश गर्नुपर्ने छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र लिम्बुले बताए। चोःलुङ पाार्क निर्माणसँगै धेरै ऐतिहासिक वस्तुहरुको संरक्षण भएको तेह«थुम जिल्लाका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए। संरक्षण संस्कृति सामग्री भएको वस्तुहरु महत्वपूर्ण भएपनि आवश्यक प्रचारप्रसार नभएके बताए।
आदिम कालदेखि बसोबास गर्दै आएका लिम्बुु समुदायको जन्मदेखि मृत्यृसम्म संस्कार (मुन्धुम–शास्त्र) सँँग जोडिएको मुन्धुमी स्थलहरुलाई पदमार्गका रुपमा विकास गर्ने अवधारण अघि सारेको लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जनु माबोहाङले बताए। खोलानाला, डाडँकाँडा, प्राकृतिक जैविक विविधता तथा हिमालय श्रृंखला, आदिबासी जनजाती लिम्बुहरुसँग आत्था जोडिएकाले यहाँको पर्यावरण बताउनका लागि मुन्धुमी पदमार्गको अवधारण ल्याएको उनको भनाइ छ। यस क्षेत्रमा जोखिममा परेका प्रजातीको प्राकृतिक बास स्थानमा संरक्षण गर्न पदमार्ग आवश्यक रहेको बताइन्छ।
यस पदमार्ग क्षेत्रमा यार्चागुम्बा, जटामंसी, सर्पगन्धलगायत विभिन्न प्रजातीका जडीबुटी पाइन्छन्। पदमार्ग क्षेत्रमा पाइने नाउर, हिउँ चितुवा, हिमालयन कालो भालु जस्ता वन्यजन्तु संरक्षणमा समेत टेवा पुग्ने प्रदेश–१ का वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका सोमेशकुमार दासले कार्यपत्रमा समावेश गरेका छन्।
संरक्षित क्षेत्र बाहिर जैविक विविधता संरक्षणको अवसरमा ध्यान दिँदै जाने हो भने नेपालकै उत्कृष्ट पदमार्गको रुपमा विकास हुने विज्ञहरुको भनाइ छ। यस क्षेत्रमा २३ प्रकारका वन रहेका छन्। संरक्षणको अभावमा धेरै प्रजातीका जनावर र बिरुवा स्थानीय, दुर्लभ र खतरामा पर्दै आएका छन्। कस्तुरी मृग, रातो पाण्डा, हिउँ चितुवा, ताकिन, र पाँचऔंले, कुत्कीसहित अन्य धेरै जडीबुटी खतरामा परेका र लोपोन्मुख वनस्पति प्रजातीहरू रहेको सरोकारवालाहरु बताउँछन्।
चोःलुङ पार्कदेखि फक्ताङलुङसम्म पदमार्गको तयारीका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय परामर्शको साथ विज्ञहरुको टोली निर्माण गरी रुट तयारी गरिने भएको छ। यो पदमार्ग क्षेत्रमा लिम्बु समुदायको मुन्धुमसँग सम्बन्धी अध्यायनका लागि समेत सहज हुने देखिन्छ। पर्यटकले सो क्षेत्रको भ्रमण गर्दा घुम्न र रमाइलो गर्न मात्र नभई मुन्धुमी संस्कृतिको पनि अध्ययन गर्न पाउने छन्।कारोबारबाट