मकवानपुर। मकवानपुरमा कोरोना संक्रमण र दुर्घटनाका कारण मृत्यु भएका निर्माण व्यवसायीहरुका परिवारलाई आर्थिक सहयोग गरिएको छ।
नेपाल निर्माण व्यवसायी महासंघले कोभिड १९ बाट मृत्यु भएका निर्माण व्यवसायीका परिवारलाई सहयोग र दुर्घटनामा परी मृत्यु भएका व्यवसायीका परिवारलाई दुर्घटना बीमावापतको रकम उपलब्ध गराएको हो।
निर्माण व्यवसायी संघ मकवानपुरमा आयोजित एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको हो।
कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका निर्माण व्यवसायी संघ मकवानपुरका सदस्य मकवानपुरको थाहा नगरपालिका २ पालुङका राजु नापितका परिवारलाई महासंघले एक लाख ५० हजार रुपैयाँ र दुर्घटनामा परी मृत्यु भएका संघका सदस्य थाहा नगरपालिका १ का सुन्दर प्रधानका परिवारलाई दुर्घटना बीमावापतको पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
स्वर्गीय राजु नापितका छोरा रविन्द्र नापितलाई सहयोग रकम र स्वर्गीय सुन्दर प्रधानका पत्नी सावित्री प्रधानलाई बीमावापतको रकम संघका अध्यक्ष श्यामसुन्दर ढकाल, निवर्तमान अध्यक्ष आनन्दराम पराजुली, पूर्व अध्यक्ष खड्ग गोपालीलगायतले हस्तान्तण गरका हुन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुरका प्रथम उपाध्यक्ष बालगोपाल कँडेल, द्वितीय उपाध्यक्ष सागर भट्टराई, तृतीय उपाध्यक्ष बुद्धिराम डिम्डुङ, महासचिव बालकुमार मल्ल, संघका पूर्व सल्लाहकार लवशेर विष्टलगायतको उपस्थिति रहेको थियो ।