काठमाडौं। हाल १० करोडभन्दा बढीको कारोबार गर्ने जुनसुकै कम्पनीले विद्युतीय माध्यमबाट अनिवार्य बिजक (इ–बिलिङ) जारी गर्नुपर्ने व्यवस्था गरिएको छ।
राजस्व विभागले यहि साउन १ गतेबाट १० करोभन्दा बढी कारोबार गर्ने कम्पनीले अनिवार्य रुपमा इ–बिलिङ जारी गर्नुपर्ने व्यवस्था गरेको हो ।
इ–बिलिङ अनुमतिका लागि निम्नानुसार आवश्यक प्रक्रियारकागजात सहित कर कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ:
१. आन्तरिक राजस्व विभागको Website: www.ird.gov.np को Taxpayer Portal मा Electronic Billing मित्र Electronic Billing User Permission मा गै सम्पूर्ण विवरण भरि सो को Print गरि सहिछाप गरिएको निवेदन ।
२. करदाताले प्रयोग गर्न लागेको सफ्टवेयर आन्तरिक राजस्व विभागमा सुचिकृत भएको हुनुपर्ने (यदि साविकमा आन्तरिक राजस्व विभागबाट सफ्वेयर प्रमाणीकरणको पत्र पाएको भए सो को प्रतिलिपि समेत पेश गर्ने ।
३. सफ्टवेयरको User Manual
४. डाटा संशोधन गरे/नगरेको विश्वसनियता सुनिश्चित गर्नका लागि अपनाइएको विधि विस्तृत खुलाईएको विवरण |
५. डाटा व्यकअप तथा रिकभरीको व्यवस्था के कसरी गरिएको छ सो खुलेको विवरण ।
६.System Architecture Detail
७. स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि (सफ्टवेयर वितरक र करदाता दुवैको)
८. कम्पनी वा फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपि (सफ्टवेयर वितरक र करदाता दुवैको) ।
९. गत आ.व. को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि (सफ्टवेयर वितरक र करदाता दुवैको)
१०. सफ्टवेयरको आधिकारीक Set Up File राखिएको Pen Drive, करदाता र सफ्टवेयर कम्पनी दुवैको दस्तखत गराई २ प्रति विजकको नमूना (Sample) समेत संलग्न गरी सिलबन्दी गरी पेश गर्ने ।
११. अन्य कागजातहरू:
क. विजकमा पहिलो प्रति कर विजक र दोस्रो प्रति "विजक प्रिन्ट भएको प्रति ।
ख. सोही बिजकको Reprint गरिएको र सो मा Copy of Original (१) र copy of Original २ को प्रिन्ट भएको प्रति
ग. Details Sales Report
घ. Credit Note / Debit Note जारीको प्रति ।
ङ. विजक रद्द गरेको प्रति
च. Audit Trail Report
छ. CBMS को Test Server मा Sync भएको Materialized View को Report
ज. सर्भर र बिलिङ कम्प्यूटरको MAC Address, System Information (dxding).
झ. Date Master Sales Table मा Data Delete गर्दा डाटा मेटन नमिल्ने Message को Print प्रति
१२. विद्युतिय विजक सम्बन्धी कार्यविधि, २०७४ (दोस्रो संशोधन) को अनुसुची २ बमोजिम सफ्टवेयर उत्पादक/वितरकले जारी गरेको सक्कल स्वकृति पत्र
१३. विद्युतिय विजक सम्बन्धी कार्यविधि, २०७४ (दोस्रो संशोधन) को अनुसुची ७ बमोजिमको ढांचाको सम्झौता पत्रमा दुवै पक्षले सहिछाप गरि पेश गर्ने ।
१४. सफ्टवेयर विक्रेताले जारि गरेको विक्री बिलको प्रतिलिपि
१५. प्रयोग गरिने सफ्टवेयरले विद्युतिय विजक सम्बन्धी कार्यविधि, २०७४ (दोस्रो संशोधन) मा उल्लेखित सम्पुर्ण शर्त तथा मापदण्डहरू पुरा गरेको हुनुपर्ने,
१६. विद्युतिय विजक सम्बन्धी कार्यविधि, २०७४ (दोस्रो संशोधन) आन्तरिक राजस्व विभागको Website: www.ird.gov.np बाट डाउनलाेड गरि हेर्न तथा प्रिन्ट गर्न सकिनेछ