काठमाडौं। विभिन्न विकास निर्माणका ठेक्कामा संलग्न १६ वटा कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना प्रकाशित गरी १६ वटा कम्पनीलाई कालोसूचीमा थपिएको जानकारी दिएको हो।
सार्वजनिक खरिद अनुगमन कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपपरिषद्को कार्यालय माताहतमा रहेको शक्तिशाली निकाय मानिन्छ। कालोसूचीमा राखिएका निर्माण व्यवसाय तथा आपूर्तिमा संलग्न यी कसम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिदकार्यमा भाग लिन सक्ने छैनन्। हाल कालोसूचीमा थपिएका कम्पनीहरूलाई कम्पनीअनुसार एकदेखि बढीमा तीन वर्षसम्म सार्वजनिक निकायको खरिदकार्यमा प्रतिबन्ध गरिएको छ।
कार्यालयले सोमबार एक सरकारी पत्रिकामा प्रकाशित गरेको सूचनामा भनिएको छ यस कार्यालयको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (१०) बमोजिम यो सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी तपशिलका निर्माण व्यवसायी।आपूर्तिकर्ताहरुलाई देहायको अवधिसम्म कालोसूचीमा राखिएकोले उक्त निर्माण व्यवसायी/आपूर्तिकर्ताहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
कार्यालयलका अनुसार श्री खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, दाङले बि.टी. निर्माण सेवा प्रा.लि., बत्तीसपुतली, काठमाडौं र शिराम कन्स्ट्रक्सन कम्पनी प्रा.लि., भिमेश्वर न.पा.–१, चीरकोटलाई तीन वर्षको समयका लागी कालोसूचिमा राख्न सिफारीस गरेको छ। यसैगरी श्री चौकुने गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय , सुर्खेतले श्री अमन एन्ड इसा कन्स्ट्रक्सन प्रा.लि., बर्दगोरिया–१, कैलालीलाई एक वर्ष ६ महिनाको लागि कालोसूचिमा राख्न सिफारिस गरेको छ, श्री खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, दाङले श्री शिवराम/सिद्धगढी जे.भी., भीमेश्वर–१, दोलखा र सिद्धगढी इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि काठमाडौंलाई तीन वर्षको लागि कालोसूचिमा राख्न सिफारिस गरेको छ, श्री कृष्णनगर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय कञ्चनपुरले श्री आकाश एन्ड पवन कन्स्ट्रक्सन, कञ्चनपुरलाई एक वर्षको लागि कालोसूचिमा राख्न सिफारीस गरेको छ।
यसैगरी श्री सडक तथा सुधार तथा विकास आयोजना निर्देशनालय, बालाजु–त्रिशुली, छहरे–विदुर सडक योजना, बत्तिसपुतली काठमाडौंले श्री दिनेशचन्द्र प्रा.ली, नागर्जुन कन्स्ट्रक्सन कम्पनी प्रा.ली र कोसी एन्ड न्यौपाने निर्माण सेवालाई तीन वर्षको लागि कालोसुीचमा राख्न सिफारीस गरेको छ, श्री शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घिय आयोजना कार्यान्वयन एकाइ, कैलालीले श्री आकाश एन्ड पवन कन्स्ट्रक्सन, भिमदत्त नगरपालिका–, कञ्चनपुरलाई एक वर्षकोलागी कालोसूचिमा राख्न सिफारिस गरेको छ, श्री ऐसेलुखर्क गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, ऐसेलुखर्क, खाटाङले श्री रुजन.के निर्माण सेवा प्रा.ली., जगदम्बा निर्माण कम्पनी प्रा.ली., र भुवनेश्वरी एन्ड भैभव विल्डर्स प्रा.लि., काठमाडौंलाई कालोसूचिमा राख्न सिफारीस गरेको छ।
श्री आयुर्वेद चिकिल्सालय, नरदेवी, काठमाडौंले श्री ड्रप सप्लाइृ एन्ड सर्भिसेज प्रा.ली., नयाँ बानेश्वरलाई एक वर्षकोलागी कालोसूचिमा राख्न सिफारिस गरेको छ भने श्री मण्डनदेउपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, काभ्रेपलाञ्चोकले थोकर निर्माण सेवा, तेमाल गा.पा. वडा नं. ५, काभ्रेपलाञ्चोक, निभा निर्माण सेवा, पोखरी नारायण स्थान वडा नं. ५, काभ्रेपलाञ्चोक र लयुल निर्माण सेवा, तेमाल गा.पा. वडा नंं ५, काभ्रपलाञ्चोकलाई एक वर्षको समयकालागी कालोसूचिमा राख्न सिफारिस गरेको छ।
यो पनिः
एक विदेशी कम्पनीसहित पाँच वटा निर्माण कम्पनी कालोसूचिमा