काठमाडौं। लामो समयपछि नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बस्ने भएको छ। साढे १४ बर्षपछि साउन १२ गते भोलि समितिको सचिवस्तरीय संयुक्त बैठक बस्ने भएको हो।
बैठकमा जलस्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुनेछ । बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई तथा बंगालादेशको तर्फबाट त्यहाँको जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कबिर विन अनवारले नेतृत्व गर्दैछन् ।
बैठकमा जलस्रोतको उपयोग तथा बाढी नियन्त्रणका विषयमा पनि बैठकमा छलफल हुनेछ।
बैठकमा नेपालको तर्फबाट डा.श्रेष्ठसहित, विद्युत विकास विभागका महानिर्देशक संदीप देव, जल तथा मौसम विज्ञान विभागका महानिर्देश कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक शुशीशचन्द्र आचार्य लगायत सहभागी हुँदैछन् ।
बैठकमा जलस्रोत क्षेत्रको विकास, जलवायु परिवर्तनको मुद्दा, जलस्रोतको अध्ययन र अनुसन्धान, बाढी नियन्त्रण एवं जल तथा मौसम सम्बन्धी तथ्यांकहरूको आदानप्रदानका विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक सन् २००८ को फेब्रुअरी २६ देखि २९ सम्म जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको थियो ।