बझाङ । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य स्थल खप्तडमा लकडाउन खुल्नासाथ खप्तड घुम्न जाने पर्यटकहरुको संख्या बढ्न थालेको छ । उक्त ठाउँमा यस समयमा भुइँ फुल फुल्ने र हरिया र फराकिला पाटनको सुन्दर दृश्य हेर्न मात्र नभएर विभिन्न भिडियोको सुटिङको लागी पनि यस ठाउँमा मानिस जाने गर्दछन् ।
उक्त ठाउँमा बस्नको लागी राम्रो व्यबस्था नभएका कारण प्राकृतिक सुन्दरताले भरिपुर्ण यस ठाउँमा बदलिरहने मौसम , घाम र कुहिरो बिचको लुकामारी र विभिन्न रंगीचंगी फुलको किनारा भएर बगीरहेका सुन्दर खोला , ताल र झरना हेरेर आफ्नो मनलाई शान्त पारेर आनन्द लिएका पर्यटकहरु बास नपाईने कुराले चिन्तित हुने गर्दछन् । काठमाण्डौंबाट घुम्न आएका सन्तोष भन्डारिका अनुसार यहाँको सुन्दर दृश्यहरु हेर्दा स्वर्गमा पुगेको अनुभव हुने , जता हेरे पनि हरियाली भएतापनि बस्ने ठाउँको अभावले समस्या भएको छ ।
उक्त ठाउँमा सार्वजानिक गेस्टहाउस एउटा मात्र संन्चालनमा भएको कारणले यस ठाउँमा बास बस्न समस्या भएको हो । अरु घरहरु धेरै भएपनि कुनै निर्माणकार्य सम्पन्न नहुदै भत्किएको र कुनै निर्माण भएपनि सन्चालनमा नआएर भत्किरहेका छन् । सो ठाउँमा होटल सन्चालन गरिरहेका लोक रावलका अनुसार २० देखि ३० जना पर्यटकलाई व्यवस्थापन गर्न समस्या नभएपनि त्यो भन्दा धेरै पर्यटक आउँदा एउटै कोठामा कोचेर राख्नु परेको र यसरि पनि सम्भब नभएसि राष्ट्रिय निकुञ्जको गेस्टहाउस र कर्मचारीहरू बस्ने कोठामा समेत व्यवस्थापन गर्नु परेको छ ।
सो ठाउँको विभिन्न क्षेत्रमा मानिस बस्न मिल्ने १८ वटा भवन निर्माण भएका छन भने दर्जन भन्दा बढि भवने ट्रस्टहरू निर्माण गरिएका भएपनि कुनै पनि भवन प्रयोगमा आउन सकेका छैनन् । यस्ता भवन प्रयोगमा ल्याउने हो भने दैनिक एक हजार भन्दा बढी मानिसलाई बास बस्न मिल्ने ठाउँ छ । निर्माण गरिएका भवनहरुको हालत खराव भएको छ । जस्ता प्रयोग गरेर बनाईएका धेरै भवनको छानो हावाले उडाएको छ भने कतिपय छानोहरु हिउँदको भारलाई थाम्न नसकेर धुरी नै भाँचिएको छ ।
कतिपय भवनहरु भत्किएका छन् भने कतिपय सद्धे भवनमा छाडा छोडिएका बस्तुभाउको मलमुत्रले भरिएको छ । यस्ता भवनहरु प्रयोग नभएको अवस्थामा घुम्न आउने मानिसले भने बस्ने ठाउँ नपाएर अलपत्र पर्नु परेको छ । यहाँ घुम्न आउने हरुको एउटै गुनासो रहेको छ यत्रो लगानि गरेर बनाएको संचना प्रयोग नभएपछि यस भवनको के अर्थ भयो र ?
मर्मतसम्भारमा कसैले ध्यान नदिएको कारणले संरचना अलपत्र परेका खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी सुनिल बोहराले बताए । भवन बनाउने निकायले निकुञ्जलाई हस्तान्तरण गरेपछि मात्र निकुञ्जले हेरचाह गर्ने निकुञ्जका कर्मचारीहरूले बताएपनि निकुञ्जले बनाएका भवनहरु पनि अरु भन्दा फरक रहेका छैनन् । प्रयोगमा नआएका यी भवनहरु निर्माणका लागी खप्तड क्षेत्र विकास समितिले करोडौं लगानी गरेका छन् ।
२०६६ बाट १० बर्षमा बझाङ, अछाम, डोटी र बाजुरा तथा खप्तडसँग जोडिएका चारै जिल्लाका स्थानीय तहगरी भवन बनाउन मात्र ३० करोड भन्दा बढि खर्च भएको पाइन्छ । पाँच करोड खर्चमा बनेको गेस्टहाउस हस्तानतरण नगर्दै प्रयोग नभई भत्किने अवस्थामा पुगेको छ । बाजुराका जगत रावलका अनुसार त्रिवेणीमा बन्दै गरेको निर्माणकार्य सम्पन्न नहुदै ठेकदार सम्पर्कविहिन भएको छ ।