धादिङ। चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना भएको छ। धादिङ तर्फ आउँदै गरेको माइक्रो बस भोर्लेमा दुर्घटना भएको हो।
दुर्घटनामा परी १८ जना घाइते भएका छन्। घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरु धादिङस्थित एक बैंकको कर्मचारी रहेको बताईएको छ ।
दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रो बस आफैं अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा टिकाराम श्रेष्ठ, प्रमिला भट्ट, सरोज खतिवडा, दीपा रेग्मी, जीवन कुमार, उपेन्द्र भण्डारी, सुजन आचार्य, सरोज मोक्तान,
सावित्री सापकोटा, स्वस्तिका आचार्य, विकास संजेल, मनोज भण्डारी, सुवास नेपाल, धर्मबहादुर खड्का, प्रकाश अधिकारी
सनिशा अधिकारी, रोजिना श्रेष्ठ, अन्जेल कुमाल रहेका छन्।