सुर्खेत। कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयको प्रगति समीक्षा कार्यक्रम आयोजना गरी प्रगति विवरण सार्वजनिक गराएको हो।
प्रदेशका सबै मन्त्रालयहरूको प्रगति सुनाउने क्रममा कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पिच गरेको तथ्यांक सार्वजनिक गरेको छ।
त्यस्तै ग्राभेल ११३ किलोमिटर, नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ । त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्माण गरेको जानकारी गराएको छ ।
आर्थिक वर्ष २०७८र७९ को बार्षिक प्रगति विवरण सबै मन्त्रालयले तथा प्रदेशस्तरका कार्यालयले सार्वजानिक गरिरहेका छन् । प्रगति विवरणमा सबै भन्दा राम्रो विकट जिल्ला डोल्पामा रहेको पाइएको छ ।
सुगम जिल्लामा काम सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रश्न समेत गरेका थिए । मुख्यमन्त्री शाहीले कर्मचारीको काम गर्ने स्प्रिड सन्तोषजनक नभएको भन्दै यो यने आर्थिक वर्षमा त्यस्ता गल्ती नदोहर्याउन समेत आग्रह गरेका छन्।
सबैभन्दा ठूलो बजेटको हिस्सा भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कर्णालीमा सडक, पुल, जनता आवास, यातायात कार्यालयलगायतका ठूला विकासका काम गर्दै आएको छ ।
कर्मचारी अभावका कारण काम गर्न समस्य भएको समीक्षामा गुनासो गरिएको थियो । बेरुजुको मात्रा समेत भारी मात्रामा रहेको पाइएको छ । ५४ करोड रुपैयाँ बेरुजु रहेको सो कार्यक्रममा जानकारी गराइएको छ ।