काठमाडौं। ९ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राखिएको छ। सार्वजानिक खरिद अनुगमन कार्यालयले ९ वटा निर्माण कम्पनीलाई कालोसूचिमा राखेको हो।
सार्वजनिक खरिद अनुगमन कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपपरिषद्को कार्यालय माताहतमा रहेको शक्तिशाली निकाय मानिन्छ। कालोसूचीमा राखिएका निर्माण व्यवसाय तथा आपूर्तिमा संलग्न यी कसम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिदकार्यमा भाग लिन सक्ने छैनन्। हाल कालोसूचीमा थपिएका कम्पनीहरूलाई कम्पनीअनुसार एकदेखि बढीमा दुई वर्षसम्म सार्वजनिक निकायको खरिदकार्यमा प्रतिबन्ध गरिएको छ।
कार्यालयले विहिबार पत्रिकामा प्रकाशित गरेको सूचनामा भनिएको छ, कार्यालयको मिति २०७९/०४/१८ गतेको निर्णयअनुसार सार्वजानिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम यो सूचना प्रकाशित भएको मितिबाट लागू हुने गरी ९ वटा निर्माण कम्पनीलाई तोकिएको समयअवधीसम्म कालोसूचिमा राखिएको सूचनामा उल्लेख गरिएको छ। कालोसूचिमा राखिएको समयअवधीभर सार्वजानिक निकायले कुनै पनि खरिद कारबाहिमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार श्री सडक पूर्वाधार विकास कार्यालय, रोल्पाले श्री चन्द्र सूर्य निर्माण सेवा प्रा.लि काठमाडौंलाइ १ वर्षको लागि कालोसूचिमा राख्न सिफारिस गरेको थियो। यसैगरी श्री सहरी विकास तथा भवन निर्माण बिभाग, बसन्तपुर नयाँ शहर आयोजना कार्यालय बसन्तपुर, तेह्रथुमले श्री छदर निर्माण सेवा, धनकुटालाइ १ वर्षको लागि, श्री बौदीकाली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,डेढगाउँ नवलपरासिले श्री एल.बि एण्ड ए.बि प्रा.ली धनगढीलाइ १ वर्षको लागि कालोसूचिमा राख्न सिफारिस गरेको थियो।
यसैगरी श्री बेलबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, बेलबारी मोरङले श्री मनन कन्स्ट्रक्सन प्रा.ली मोरङलाइृ १वर्ष ६ महिनाको लागि कालोसूचिमा राख्न सिफरिस गरेको थियो, श्री गोदाबारी नगरपालिका, नगर कार्यापालिकाको कार्यालय, बज्रबाराहि ललितपुरले श्री एम।एस मिसु ट्रडिङ, हाकिमचोक, भरतपुर चितवनलाई १ वर्षको लागि, श्री गैडाकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, गैडाकोट नवलपरासिले श्री नतासा निर्माण सेवा भरतपुरलाई १ वर्षको लागि, श्री देवचुली नगरपालिका, नगर कार्यापालिकाको कार्यालय, प्रगतिनगर नवलपरासीले श्री नताशा निर्माण सेवा भरतपुरलाई १ वर्षको लागि कालोसूचिमा राख्न सिफासिर गरेको थियो।
यसैगरी श्री गारखापत्र संस्थान, धर्मपथ काठमाडौंले श्री नशः कन्सर्न प्रा.ली, टोखा काठमाडौंलाई १ वर्षको लागि, श्री सडक बोर्ड नेपाल, मिनभवन, काठमाडौंले श्री सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.ली, काठमाडौंलाई २ वर्ष ३ महिनाको लागि सिफारिस गरेको थियो भने, श्री भेरीगङगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सुर्खेतले श्री सहारा निर्माण सेवा, वीरेन्द्रनगरलाई १ वर्षको लागि कालोसूचिमा राख्न सिफारिस गरेपछि सार्वजानिक खरिद अनुगमन कार्यालयले कालोसूचिमा राखेको हो।
यो पनिः
१६ वटा निर्माण कम्पनी कालोसूचिमा (नामावली सहित)